रोहितको बिर्सनलायक ‘डक’ कीर्तिमान, बुम्राहले छोए नयाँ उचाइ

आईपीएल १३ अन्तर्गत पहिलो क्वालीफायरमा दिल्ली बिरुद्ध मुम्बईले शानदार जित दर्ता गर्दै फाइनल प्रवेश गर्दा टिम कप्तान रोहित शर्माको ब्याटिंग प्रदर्शन भने बिर्सनलायक रह्यो।

दिल्ली बिरुद्ध पहिले ब्याटिंग गर्ने क्रममा रोहित पहिलो बलमै खाता नखोली आउट भए अर्थात् ‘डक आउट’ भए। रोहित संयुक्तरुपमा आईपीएल इतिहासकै सर्वाधिक शून्यमा आउट हुने ब्याट्सम्यान बन्न पुगेका छन्। रोहितलाई दिल्लीका अफस्पिनर रभीचन्द्रन आश्विनले बोल्ड गरेका थिए।  रोहितसंगै अर्का मुम्बईका पूर्व खेलाडी हरभजन सिंह, अजिंके रहाने र पर्थिभ पटेलको रेकर्ड रोहितले बराबरी गरेका हुन्। चार जना ब्याट्सम्यान समान १३ पटक खाता नखोली आउट भएका छन्। पियुष चावला, मन्दिप सिंह, मनिष पाण्डे, अम्बाती रायडु र गौतम गम्भीर समान १२ पटक डक आउट भएका छन्।


रोहित शून्यमा आउट भएता पनि मुम्बईले २०० रनको योगफल तयार गर्न सफल भयो। लक्ष्य पछ्याउने क्रममा दिल्लीले १४३ रन मात्र बनाउन सकेपछि मुम्बई ५७ रनले विजयी भयो।

बुम्राहको कीर्तिमान

१३ औं आईपीएलमा पर्पल क्याप अर्थात् सबैभन्दा धेरै विकेट लिने सूचीमा अग्रपंक्तिमा रहेका मुम्बई फास्ट बलर जस्प्रित बुम्राहले नयाँ कीर्तिमान बनाएका छन्।

बुम्राहले १४ खेलमा कुल २७ विकेट लिएका छन्। बुम्राह आईपीएल इतिहासमा एकै सिजन सबैभन्दा धेरै विकेट लिने भारतीय बलर बनेका छन्। यस अघि यो रेकर्ड भुवनेश्वर कुमारको नाममा रहेको थियो जसले २०१७ आईपीएलमा पर्पल क्क्याप जित्ने क्रममा २६ विकेट लिएका थिए। समग्र बलरमा एकै सिजन धेरै विकेट लिने कीर्तिमान ड्वेन ब्राभोको नाममा रहेको छ जसले २०१३ मा एकै सिजन ३२ विकेट लिएका थिए।

खेलमा ४ ओभरमा १ मेडन ओभर गर्दै १४ रन खर्चेर ४ विकेट लिएका बुम्राहले अर्को कीर्तिमान पनि बनाएका छन्। उनि एकै सिजन २ पटक एकै खेलमा ४ विकेट लिने आईपीएल इतिहासमै पहिलो बलर बनेका छन्। यस अघि बुम्राहले राजस्थान रोयल्स बिरुद्धको खेलमा २० रन खर्चेर ४ विकेट लिएका थिए।

दिल्ली बिरुद्ध बुम्राहले व्यक्तिगत उत्कृस्ट बलिंग स्पेल समेत दर्ता गरे

बुम्राहको ४-१-१४-४ को बलिंग स्पेल आईपीएल प्लेअफमा मुम्बईको बलरको अहिलेसम्मकै उत्कृस्ट स्पेल हो। बुम्राहको पनि यो व्यक्तिगत टि-२० क्रिकेटमा उत्कृस्ट स्पेल हो।

बुम्राहको स्पेल आईपीएल इतिहासमै क्वालीफायर/सेमीफाइनल/फाइनलमा संयुक्त रुपमा दोश्रो उत्कृस्ट स्पेल हो। सबैभन्दा उत्कृस्ट डगी बोलिंगरले २०१० मा चेन्नाईको लागि खेल्दै डेक्कन चार्जर्स बिरुद्ध १३ रन खर्चेर ४ विकेट लिएका थिए। धवल कुल्कर्नीले २०१६ मा गुजरातको लागि खेल्दै बैंगलोर बिरुद्ध १४ रन खर्चेर ४ विकेट लिएका थिए।

दिल्लीको इतिहासकै खराब सुरुवात 

खेलमा मुम्बईले दिएको २०१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा दिल्ली क्यापिटल्सले इतिहासकै कमजोर सुरुवात गरेको थियो। दिल्लीले खाता नखोल्दै ३ जना ब्याट्सम्यान आउट भएका थिए। पृथ्वी श, अजिंके रहाने र शिखर धवन आउट हुँदा दिल्लीले खाता खोलेको थिएन।आईपीएल इतिहासमा कुनै पनि टिमले पहिलो ३ विकेट गुमाउदा रननै नबनाएको यो पहिलो अवसर हो। यस अघि २००९ मा डेक्कन चार्जर्सले चेन्नाई बिरुद्ध तथा २०११ मा कोची टस्कर्स केरलाले डेक्कन बिरुद्ध मात्र १ रन बनाउदा ३ विकेट गुमाएको थियो। खाता नखोल्दै ३ विकेट गुमे पछि दिल्लीले लज्जास्पद कीर्तिमान बनाएको छ।

खेलमा दिल्लीलाई पराजित गर्दै मुम्बई छैठौं पटक आईपीएल फाइनल प्रवेश गरेको छ। यस अघि २०१०, २०१३, २०१५, १०१७ र २०१९ मा मुम्बई फाइनल पुगेको थियो जस मध्ये २०१३, १५, १७ र १९ गरि ४ पटक उपाधि जित्न सफल रहेको थियो।

यो पनि पढ्नुस 

https://wicketnepal.com/delhi-captain-iyer-react-after-mi-loss-wn20-1st-qf/

https://wicketnepal.com/ipl-1st-qf-report-mi-vs-dc-wn20/

https://wicketnepal.com/zim-beat-pk-in-super-over-wn20/

https://wicketnepal.com/can-mukhy-prashikshk-suchi-icc-wn20/





थप समाचार

स्कटल्याण्डका माइकल लिस्क पोखरा एभेन्जर्समा अनुबन्ध

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले स्कटल्याण्डका क्रिकेटर माइकल लिस्कलाई टाेलीमा अनुबन्ध गरेकाे छ । […]

काठमाडौं गुर्खाजको ‘ट्यालेन्ट हन्ट’ कार्यक्रम सुरु

मंगलबार बालुवाटारस्थित क्रिकेट एक्सिलेन्स सेन्टर (सिइसी) मा सम्पन्न पहिलो दिनको छनोटमा उल्लेखनिय खेलाडीको सहभागिता थियो । काठमान्डौंका प्रमुख कार्यकारी अधिकृत […]

सुदूरपश्चिम रोयल्सको एन्थम र जर्सी सार्वजनिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) का लागि मंगलवार जर्सी र टिम एन्थम सार्वजनिक गरेको छ । टोलीका‌ मालिक स्वतन्त्र […]

विराटनगर किंग्सको ट्यालेन्ट हन्ट झापामा सम्पन्न

नेपाल प्रिमियर लिग (एनपीएल) का लागि विराटनगर किंग्सको ट्यालेन्ट हन्ट कार्यक्रम मंगलबार झापामा सम्पन्न भएको छ । टिमले कोशी प्रदेशका […]

पुजाको अलराउण्ड प्रदर्शनमा नेपालको जित

काठमाडौं । युएईमा जारी महिला यु १९ टि २० विश्वकप एसिया छनोटमा कप्तान पूजा महतोको अलराउण्ड प्रदर्शनमा नेपालले कुवेतलाई पराजित […]

यु-१९ विश्वकप छनोटको पाँचौ खेलमा नेपाल कुवेतसँग खेल्दै

काठमाडौं । युएईमा जारी महिला यु-१९ टि-२० विश्वकपको एसिया छनोटमा नेपालले पाँचौं खेलमा कुवेतको सामना गर्दैछ । खेल युएईको अजमानमा […]