युवा ब्याट्सम्यान रोहित पौडेल नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ कप्तान नियुक्त भएका छन्।
नेपालले युएईसँग शृंखला खेल्नुअघि नयाँ कप्तान घोषणा गरिएको हो। नेपाल र युएईबिच कात्तिक २८, ३० र मंसिर २ गते तीनवटा एकदिवसीय खेल हुँदैछ ।
बलात्कारको आरोप लागेका कारण तत्कालीन कप्तान सन्दीप लामिछानेलाई क्यानले निलम्बन गरेपछि उक्त पद रिक्त छ । सन्दीप मुद्दा पुर्पक्षका लागि थुनामा छन् ।
सन्दीप गत पुसमा नेपाली क्रिकेट टोलीको कप्तान बनेका थिए । तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ललाई अनुशासन कारबाही गर्दै पदबाट हटाएर सन्दीपलाई जिम्मेवारी दिइएको थियो । त्यतिवेला दीपेन्द्रसिंह ऐरीलाई पनि कारबाही गर्दै उपकप्तानबाट हटाइएको थियो । ऐरीको स्थानमा रोहित पौडेलले उपकप्तानको जिम्मेवारी दिइएको थियो ।
२१ वर्षीय रोहितले नेपालको लागि २५ वटा एकदिवसीय अन्तर्राष्ट्रिय र २१ वटा टि-ट्वान्टी अन्तर्राष्ट्रिय खेलीसकेका छन्। उनले २१८ मा नेदरल्याण्ड बिरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए।