‘भोलिसम्म पारिश्रमिक दिने प्रतिवद्धता पछि खेल्न तयार भयौं’ – रोहित पौडेल

नेपाल टि-२० लिगमा विराटनगर सुपर किंग्सको कप्तानी गरिरहेका राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले काठमाडौँ नाइट्ससंगको खेल पारिश्रमिक विवादका कारण ढिला सुरु भएको बताएका छन्। ९ बजे बिहान सुरु हुनु पर्ने खेल विवादका कारण ढिला सुरु हुँदा ९/९ ओभरको खेलाइएको थियो।

खेल पछि पत्रकारसंग कुराकानीमा पौडेलले क्यानले भोलिसम्ममा खेलाडीलाई पारिश्रमिक प्राप्त हुने बताएपछि आफ्नो टिम खेल्न तयार भएको बताएका छन्।

“विदेशी र स्वदेशी खेलाडीको परिश्रमिकको कुरा थियो। क्यानले आज र भोलिसम्म पुरा पारिश्रमिक दिने भनेको छ त्यसपछि खेल्न तयार भयौं।” पौडेलले बताए।

“खेल खेल्न आउदा विवादले खेल ढिला हुँदा मानसिक असर गर्छ। तर, आशा छ भोलि यो विषय समाधान हुनेछ र ढुक्कले खेल्ने परिस्थिति बन्नेछ।”

उनले प्रतियोगिताको खेलहरुमा स्पट फिक्सिंगको कुरा उठेको बारे प्रश्नमा बोल्दै त्यसको छानबिन गर्न प्रतियोगितामा अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले एन्टी करप्सन युनिट खटाएको र उनीहरुले यस बारे छानबिन गर्ने जवाफ दिए।

खेल पछि बोल्दै काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले पनि पारिश्रमिकका कारण खेल अघि स्पस्ट हुन विवाद गरिएको बताए।

“हामीले लगातार पारिश्रमिकको लागि सम्बन्धित निकायसंग सम्पर्क गरिरहेका थियौं। अहिलेको लागि आज रातिसम्ममा सबै कुरा समाधान हुनेछ भन्नु भएको छ। वहाँहरुको आश्वासनमा हामि सहमत भएका छौँ।” मल्लले बताए।

खेलमा काठमाडौँ नाइट्सले बिराटनगर सुपर किंग्सलाई ३४ रनले पराजित गर्यो। निर्धारित ९ ओभरमा ९३ रनको लक्ष्य पछ्याउने क्रममा बिराटनगर सुपर किंग्सले ८.५ ओभरमा ५८ रनमा सबै विकेट गुमायो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy