नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलको अन्तर्राष्ट्रिय फ्रेन्चाईजी क्रिकेटको डेब्यु खेलमा उनी आबद्ध टोरोन्टो नेसनल्स विजयी भएको छ ।
ग्लोबल टी-२० लिगमा आइतबार बिहान भएको खेलमा प्लेईङ-११ मा रहे पनि ब्याटिङ बलिङको अवसर पाएका थिएनन् ।
ब्याटिंग र बलिंगमा अवसर नपाएता पनि रोहितले फिल्डिंगबाट भने मन जिते। पहिलो इनिंग्सको दोश्रो ओभरमा फिल्डिंगको क्रममा रोहितले आरोन जोन्सनलाई रन आउट गर्न सर्टमा उत्कृस्ट फिल्डिंग गर्दै विकेटकिपरलाई बल फाल्दै रन आउट गरेका थिए जुन दर्शनीय थियो। दायाँ तर्फ हामफाल्दै रोहितले बल समात्दै विकेटकिपर उन्मुक्त चन्दलाई बल फालेका थिए। सो क्रममा रोहितको फिल्डिंगको कमेन्टेटरले तारिफ गरेका थिए।


रोहित आबद्ध टोरोन्टोले लगातार दोस्रो जित हात पार्ने क्रममा ब्रेप्टन वुभ्ल्सलाई ८ विकेटले पराजित गर्यो ।
ब्रेप्टनले दिएको १११ रनको लक्ष्य टोरोन्टोले १३.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।
https://youtu.be/eTkrPsuifoE?si=RThN-kVcp9gwk7-W
टोरोन्टोका लागि उन्मुक्त चन्दले सर्वाधिक ५३ रन बनाए । ४० बलको सामना गरेका चन्दले ८ चौका र १ छक्का प्रहार गरे । रासि भान डार डुसेनले २५ तथा कप्तान कोलीन मुनरोले ११ रन बनाए ।
ब्रेप्टनका लागि ज्याक जार्किभस् र बेन वेबस्टरले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ब्रेप्टनले १९.१ ओभरमा अल आउट हुदै ११० रन मात्र बनाएको थियो ।
ब्रेप्टनका लागि बेउ वेबस्टरले सर्वाधिक २५ तथा नाईक होबसनले २१ रन बनाएका थिए ।
टोरोन्टोका लागि जुनैद सिद्धिकीले तीन, जोसन बेहरानड्राफ्ट र रोमारियो शेर्फडले समान दुई विकेट लिए ।
दोस्रो खेलमा दुई जितका साथ टोरोन्टो ६ टोली सहभागी लिगको शीर्ष स्थानमा छ ।
https://youtu.be/w6SGVconbAw?si=RUU3gaJU4SYYpeTf
https://youtu.be/NCac_Ulardc?si=2qxeCjCFk7SX2n0_
