दीपेन्द्र र रोहितले क्यारेबियन टी-१० खेल्ने

२०८१ असार ३१, आईतवार ०८:३५

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल तथा विष्फोटक अलराउन्डर दीपेन्द्रसिंह ऐरी वेस्ट इन्डिजमा आयोजना हुने म्याक्स ६० क्यावियन टी-१० लिग खेल्ने भएका छन् ।

लिगको शनिबार खेलाडी छनोटका लागि भएको ड्राफ्टमा रोहित र दीपेन्द्र फरक फरक टिममा अनुबन्ध भएका हुन् ।

कप्तान रोहित मियामि लायन्समा अनुबन्ध हुँदा दीपेन्द्र भने ग्रैंड क्यामन स्टिंर्गेसमा अनुबन्ध भएका हुन् । रोहित आबद्ध मियामिमा सोयब मल्लिक, डोयन ब्राबो, रवि भोपारा, कोरि एन्डरसन लगायतका खेलाडी रहेका छन् ।

भने, दीपेन्द्र आबद्ध क्यामनमा भने एलेक्स हेल्स, रोविन उथप्पा, बेन डुक, जोशुवा लिटिल लगायतका खेलाडी आबद्ध रहेका छन् ।

पहिलो संस्करणको यो लिग १८ अगस्टबाट सुरु हुनेछ । क्यामन आइल्यान्डमा हुने यस लिगमा पाँच टोलीको सहभागीता रहनेछ ।

 

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy