रोहितआबद्ध टोरोन्टो खेल आज

क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा नेपाली क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्सले पाँचौ खेल आज खेल्दैछ।

रोहित आबद्ध टोरोन्टोले आफ्नो पाँचौ खेलमा मोन्ट्रियल टाईगर्सविरुद्ध खेल्दैछ ।

टोरोन्टो र टाईगर्सबीचको खेल क्यानडाको सिएए सेन्टर, ब्राम्पटनमा नेपाली समय अनुसार शुक्रबार राति पौने ९ बाट सुरु हुनेछ ।

टोरोन्टोले पहिलो र दोस्रो खेलमा जित निकाल्दा तेस्रो र चौथो खेलमा पराजित भएको थियो ।

पहिलो र दोस्रो खेल समान ८ विकेटले जितेको थियो । तेस्रो खेल ८० तथा चौथो खेल २ रनले गुमाएको थियो । गएको मंगलबार भएको पछिल्लो खेलमा रोहित बेन्चमा रहेका थिए ।

६ टोली सहभागी लिगमा ४ अंकका साथ टोरोन्टो तेस्रो स्थानमा छ । ३ खेलमा अपराजित टाइगर्स ६ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ ।





थप समाचार

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]

सायम प्रिमियर लिगमा ४ टिम

काठमाडौं । सायम कलेजको आयोजनामा हुने सायम प्रिमियर लिग क्रिकेटको पाँचौं संस्करणमा ४ टिमको सहभागिता रहने भएको छ । लिग […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : एपिएफकाे लगातार दोस्रो जित

काठमाडौँ । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित […]