रोहितआबद्ध टोरोन्टो खेल आज

क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा नेपाली क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्सले पाँचौ खेल आज खेल्दैछ।

रोहित आबद्ध टोरोन्टोले आफ्नो पाँचौ खेलमा मोन्ट्रियल टाईगर्सविरुद्ध खेल्दैछ ।

टोरोन्टो र टाईगर्सबीचको खेल क्यानडाको सिएए सेन्टर, ब्राम्पटनमा नेपाली समय अनुसार शुक्रबार राति पौने ९ बाट सुरु हुनेछ ।

टोरोन्टोले पहिलो र दोस्रो खेलमा जित निकाल्दा तेस्रो र चौथो खेलमा पराजित भएको थियो ।

पहिलो र दोस्रो खेल समान ८ विकेटले जितेको थियो । तेस्रो खेल ८० तथा चौथो खेल २ रनले गुमाएको थियो । गएको मंगलबार भएको पछिल्लो खेलमा रोहित बेन्चमा रहेका थिए ।

६ टोली सहभागी लिगमा ४ अंकका साथ टोरोन्टो तेस्रो स्थानमा छ । ३ खेलमा अपराजित टाइगर्स ६ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy