रोहित सम्मिलित टोरोन्टो पराजित

काठमाडौं । क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल सम्मिलित टोरोन्टो नेसनल्स पराजित भएको छ ।

लिग चरणको अन्तिम खेलमा टोरोन्टो मोन्ट्रियल टाइगर्ससँग ७ विकेटले पराजित भएको हो ।

टोरोन्टोले दिएको ५३ रनको लक्ष्य टाइगर्सले ११.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

टाइगर्सका लागि कप्तान टिम साइफर्टले १५ बलमा अविजित १५, ओपनर दिलप्रित बाज्वाले १६ बलमा १२ रन बनाए ।

टोरोन्टोका लागि जोसेन बेहराड्राफ्ट, जतिन्द्रपाल माथुरु, जुनैद सिद्धिकीले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको टोरोन्टो ११.१ ओभरमा ५२ रनमा अल आउट भयो । नेपाली कप्तान रोहितलाई भने टोरोन्टोले यस खेलमा पनि बेन्चमा राखेको थियो ।

टोरोन्टोका लागि जतिन्द्रपाल मथुरुले सर्वाधिक १२ रन बनाए । टोरोन्टोका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

टाइगर्सका लागि कलिम सानाले ४, अजमतुल्लाह उमरजाइले ३ तथा आयान खानले १ विकेट लिए ।

रोहित सम्मिलित टोरोन्टोले हारका बाबजुद प्लेअफमा स्थान पक्का गरेको छ ।





थप समाचार

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]

कर्णालीमाथि लुम्बिनीको सहज जित

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा […]

सुदूरपश्चिमलाई हराउँदै समूह विजेताको रुपमा एपिएफ सुपर फोरमा

काठमाडौँ । विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ। धनगढीस्थित […]

नेपाल पाँच विकेटले पराजित

काठमाडौँ । आइसिसी महिला यु–१९ टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ। नेपालले दिएको ५३ […]