काठमाडौं । क्यानडामा जारी ग्लोबल टी-२० लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलआबद्ध टोरोन्टो नेसनल्सको तेस्रो खेल सोमबार रहेको छ ।
टारोन्टोले तेस्रो खेलमा सरे ज्याकवार्ससँग खेल्दैछ । यि दुईबीचको खेल क्यानडाको सीएए सेन्टर, ब्राम्पटनमा नेपाली समय अनुसार सोमबार बिहान पौने दुईबाट सुरु हुदैछ ।
भिषा समस्याका कारण ढिला क्यानडा पुगेका रोहितले पहिलो खेल गुमाएमा दोस्रो खेलमा ब्याटिङमा अवसर नपाए पनि फिल्डिङमा राम्रो प्रदर्शन गरेका थिए ।
पहिलो खेलमा भेनकुवर नाईट्सलाई र दोस्रो खेलमा ब्राम्पटन वुल्भ्सलाई पराजित गरेको नेसनल्स जितको लयलाई निरन्तरता दिन चाहन्छ ।