“अपेक्षा अनुरुप खेल्न सकेनौ” – रोहित

श्रीलंकामा जारि एसीसी इमर्जिंग टिम्स एसिया कपमा लगातार दोश्रो हार बेहोर्दै पहिलो चरणबाट बाहिरिएपछि नेपालका कप्तान रोहित पौडेलले टिमले अपेक्षा अनुरुप खेल्न नसकेको बताएका छन्।

प्रतियोगिता अन्तर्गत पाकिस्तान ए संग पहिलो खेल तथा आज दोश्रो खेलमा भारत ए संग हार पछि नेपालको सेमीफाइनल पुग्ने सम्भावना समाप्त भएको छ। भारत र पाकिस्तान सेमीफाइनल पुगेका छन् भने नेपालसंगै युएई पनि बाहिरिएको छ।

खेल पछि कुराकानी गर्ने क्रममा रोहितले माथिल्लो क्रमका ब्याट्सम्यानले राम्रो गर्न नसकेको बताए-

“हाम्रो ब्याटिंगको कुरा गर्दा हाम्रो टप अर्डरले राम्रो ब्याटिंग गर्न सकेनन्। हामिले ३-४ विकेट गएपछि पनि प्रयास गर्यौं, म र सोमपाल तथा सोम र गुल्सन बीच साझेदारी भयो। २४०/२५० रन बनाउन सकेको भए राम्रो योगफल हुने थियो।”

उनले टिमले अपेक्षा अनुरुप खेल्न नसकेता पनि एक्सपोजर पाएको बताए –

“हामीले विश्वकप छनोट र यो प्रतियोगितामा हामीले अपेक्षा अनुरुप खेल्न सकेनौं तर एस्पोजर भने पाएका छौँ। हामि प्रत्येक दिन सुधारिदिन गैरहेका छौँ।”

उनले टस जितेर ब्याटिंग रोज्ने निर्णय बारे प्रश्न सोध्दा आफुले योजना अनुसारनै त्यो निर्णय लिएको बताए। उनले भारतीय ओपनर साई सुदर्शन र अभिषेक शर्माको तारिफ गरे जसले १३९ रनको ओपनिंग साझेदारी गरे।

“क्रेडिट उनीहरुलाई जान्छ, दुवै ओपनरले निकै राम्रो ब्याटिंग गरे।”

बुधबार युएईसंग प्रतियोगिताको अन्तिम खेलमा जितको साथ घर फर्कने चाहना उनले व्यक्त गरे –

“हामि सबै अन्तिम खेल जित्न चाहन्छौँ र जितको साथ् घर फर्कन चाहन्छौं”

खेलमा नेपालले दिएको १६८ रनको लक्ष्य भारतले मात्र १ विकेट गुमाएर २२.१ ओभरमै पुरा गर्यो।





थप समाचार

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]