आईपीएलमा यी ४ वटा रेकर्ड नजिक छन् रोहित

आईपीएलको १३ औं संस्करण १९ सेप्टेम्बर देखि युएईमा सुरु हुँदैछ। लिगको पहिलो खेलमा मुम्बई इन्डीएन्स र चेन्नाई सुपर किंग्स प्रतिस्पर्धा गर्दैछन्। खेलको लागि टिमहरु अन्तिम अभ्यासमा व्यस्त रहेका छन्। यसै बीच मुम्बईका कप्तान रोहित शर्माको नजर आईपीएल १३ को सुरुवाती म्याचमा ४ वटा रेकर्ड हाँसिल गर्नुमा पनि हुनेछ। रोहित आईपीएलका सबैभन्दा सफल कप्तान हुन् जसले ७ सिजन मुम्बईको कप्तानी गर्ने क्रममा ४ पटक उपाधि जिताइसकेका छन्। रोहित पछि चेन्नाई कप्तान धोनीले १० सिजन कप्तानी गर्दै ३ पटक उपाधि दिलाएका छन्।

४ वटा रेकर्डमा हुनेछ रोहितको नजर 

आईपीएल २०२० मा सधै जस्तै धेरै नयाँ रेकर्ड बन्नेछन् र टुट्नेछन्। यो पटक रोहित शर्मा लिगको सुरुवातमै केहि रेकर्डमा सामेल हुनेछन्।

रोहितले लिगमा थप १०२ रन बनाएसंगै उनि आईपीएलमा ५ हजार रन बनाउने तेश्रो खेलाडी बन्नेछन्। बिराट कोहली ( ५,४१२ ) र सुरेश रैना ( ५,३६८ ) ले मात्र ५ हजार रन पुरा गर्न सकेका छन्। रोहितले आईपीएलमा १८८ खेल खेल्ने क्रममा ३१.६ को औशतले ४,८९८ रन बनाएका छन्।

यस्तै रोहितले २७२ औं रन बनाएपछि मुम्बई इन्डीएन्सको लागि ४ हजार रन बनाउने पनि पहिलो ब्याट्सम्यान बन्नेछन्। शर्माले मुम्बईको लागि २०११ देखि खेल्ने क्रममा १ शतक र २८ अर्धशतक प्रहार गर्दै ३,७२८ रन बनाएका छन्। मुम्बईको लागि रोहित पछि दोश्रो धेरै रन बनाउने ब्याट्सम्यान काइरन पोलार्ड हुन् जसले २०१० देखि खेल्ने क्रममा २७५५ रन बनाएका छन्।

रोहितले अब ७ छक्का प्रहार गरेमा उनि मुम्बईको लागि १५० छक्का प्रहार गर्ने पनि उन पोलार्ड पछि दोश्रो ब्याट्सम्यान बन्नेछन्। पोलार्डले कूल १७६ छक्का प्राहार गरेका छन्।

यस्तै ६ छक्का अरु रोहितले प्रहार गर्ने हो भने आईपीएलमा २ सय छक्का प्रहार गर्ने चौथो ब्याट्सम्यान बन्नेछन्। लिगमा सबैभन्दा बढी छक्का प्रहार गर्ने ब्याट्सम्यान क्रिस गेल हुन् जसले ३२६ छक्का प्रहार गरेका छन्। यस्तै एबि डी भिल्लीयर्सले दोश्रो धेरै २१२ तथा महेन्द्र सिंह धोनीले तेश्रो धेरै २०९ छक्का प्रहार गरेका छन्। रोहित र सुरेश रैनाले समान १९४ छक्का तथा बिराट कोहलीले १९० छक्का प्रहार गरेका छन्।

आईपीएल सम्बन्धित अन्य सामग्री 

IPL Match 1 : मुम्बई र चेन्नाईमा को बलियो ? दुवै टिमको बलियो र कमजोर पक्ष

IPL 2020 : आज सुरु हुँदै १३ औं आईपीएल ( सम्पूर्ण जानकारी एकै ठाउँमा )

IPL : एक सिजनमा सर्वाधिक रन बनाउने ५ खेलाडी

IPL 2020 : ८ कप्तान मध्ये कोहलीको कमाइ सबैभन्दा धेरै, कुन कप्तानको तलब कति

IPL 2020 : कस्तो छ डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीएन्स टिम





थप समाचार

यु १९ एसिया कप खेलतालिका सार्वजनिक

काठमाडौं । एसियान क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा यु १९ एसिया कपको खेल तालिका सार्वजनिक भएको छ । पहिलो खेलमा […]

एनपीएल : गुर्खाजले भित्र्यायो इंग्ल्यान्डका अलराउण्डर ड्यान डौथवेट

काठमाडौँ, नेपाल – काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्सको प्रमुख क्रिकेट फ्रेन्चाइज काठमाडौँ गुर्खाजले आगामी नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ का लागि […]

अस्ट्रेलियामाथि पाकिस्तानको जित

काठमाडौं । घरेलु टोली अस्ट्रेलियाले पाकिस्तानसँगको दोस्रो ओडिआईमा शुक्रवार ९ विकेटले पराजित भएको छ । ३ खेलको ओडिआई सिरिजमा पाहुना […]

ओमानले युएईलाई हरायो

काठमाडौं । ओमानले विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजमा युएईलाई पराजित गरेको छ । बिहीवार भएको खेलमा ओमानले युएईमाथि […]

विश्वकप एसिया छनोटमा नेपालको लगातार दोस्रो जित

नेपालले आइसिसी यु-१९ महिला विश्वकपको एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ । युएईमा जारी छनोटमा बिहीवार नेपालले कुवेतलाई […]

नेपाल र कुवेत खेल्दै

काठमाडौं । युएईमा जारी महिला यु-१९ टि-ट्वान्टी विश्वकपको एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले कुवेतको सामना गर्दैछ । नेपाल र […]