सिरिज क्लिन स्विप पछि के भन्छन् कप्तान रोहित

स्कटल्याण्ड, नामिबिया र नेपाल सम्मिलित त्रिकोणात्मक शृङ्खला स्वीप गरेपछि नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले अभ्यस्त पिचबाट नेपाली टोलीले सफलता निकालेको बताएका छन्।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न शृङ्खलाकाे अन्तिम खेलमा नेपालले च्याम्पियन स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जितपछि कप्तान पौडेलले घरेलु मैदानमा गरेको अभ्यासले सफलता मिलेको बताए ।

नेपाललाई रोमाञ्चक जित दिलाउनुभएका रोहितले जितपछि आफूलाई निकै राहत मिलेको बताए । यही शृङ्खला क्लिन स्विप भएपछिको पत्रकार सम्मेलनमा कप्तान रोहितले अभ्यस्त मैदानमा सफलता मिलेको बताएका हुन् उनले यूएईमा हुन लागेको अर्को शृङ्खलामा पनि यसै लयलाई निरन्तरता दिने लक्ष्य लिएको बताए। दुबईमा हुने शृङ्खलाका लागि खेलाडीको विषयलमा छलफल भइरहेको जानकारी दिए ।

नयाँ प्रशिक्षकको नियुक्त भएसँगै ब्याटिङ सुधारमा केन्द्रित भएको टोलीले सम्पन्न शृङ्खलाबाट सुधारको संकेत दिएको छ। यसै शृङ्खलामा नेपाली खेलाडीको व्यक्तिगत तथ्याङ्कमा उल्लेख्य सुधार आएको छ भने नेपालले सर्वाधिक रनको लक्ष्यलाई पनि पछ्याउँदै कीर्तिमान रच्न सफल भएको छ।

शृङ्खलाको अन्तिम खेलमा सफलता निकालेपछिको पत्रकार सम्मेलनमा प्रशिक्षक मोन्टी देशाईले खेलाडीलाई दिएको जिम्मेवारी सहि तरिकाले प्रयोग गर्दा सफलता मिलेको बताए। घरेलु दर्शकको उल्लासपूर्ण साथले खेलाडीले घरेलु मैदानमा पसिना बगाएर यादगार शृङ्खला बनाउँदा आफू पनि खुशी भएको प्रतिक्रिया दिए।

प्रशिक्षकको रुपमा नियुक्त भएपछि आफूले खेलाडीमा सम्भावना देखेको र उनीहरुको खुबीलाई निखार्ने प्रयास गर्दा मिलेको सफलतामा आफू खुशी भएको बताए। उनले नेपाली खेलाडी पनि प्रतिस्पर्धात्मक खेल खेल्न सक्छन् भन्ने विश्वास भएको बताए ।

Rohit Paudel ( Photo – Bikash Dware, Gorkhapatra)

मंगलबार सम्पन्न शृङ्खलाकाे अन्तिम खेलमा कप्तान पौडेल र करण केसीले ७५ रनको साझेदारी गरेपछि नेपालले विश्वकप क्रिकेट लिग–२ को च्याम्पियन स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जित निकालेको हो।

अब नेपाल लिग–२ शृङ्खला अन्तर्गतको खेलका लागि नेपाल यूएई भ्रमण गर्ने तालिका छ। भ्रमणमा नेपालले यूएई र पपुवा न्युगिनीसँग शृङ्खला खेल्ने तालिका छ। लिग–२ मा नेपाल २८ खेलबाट १२ मा जित र १४ मा हारसहित २६ अङ्कका साथ छैटौं स्थानमा छ। बाँकी रहेको ८ खेलमा कम्तीमा ६ खेल जितेमा नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम हुनेछ।

( साभार – गोरखापत्र )





थप समाचार

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]