रोहित र कुलदीपको प्रेरणामा भारतको एतिहासिक सिरिज जित

  • विकेटनेपाल, फाल्गुन २ –  बुधबार

गएराती पोर्ट एलिजाबेथ क्रिकेट मैदानमा सम्पन्न दक्षिण अफ्रीका र भारत बीचको चौथौ एक दिवसीय क्रिकेट शृंखलामा भारतले घरेलु टोलि माथि ७३  रनको जित हासिल गरेको छ। जित संगै १ खेल बांकी रहँदै भारतले सिरिज ४-१ ले आफ्नो पक्षमा पारेको छ।

यो भारतको दक्षिण अफ्रीकामा पहिलो एक दिवसीय सिरिज जित हो भने सन् २०१३ मा पाकिस्तानसंग हारे यता घरमा दक्षिण अफ्रीकाको पहिलो एक दिवसीय सिरिज हार हो।

रोहितको शतक 

दक्षिण अफ्रीका टस जितेर बलिंग रोजेपछि  भारतले  निर्धारित ५० ओभरमा ७ विकेटको क्षेतिमा २७४ रन बनाएको थियो। भारतका लागि सिरिज भरि संघर्ष गरिरहेका रोहित शर्माले ११५ रनको पारी खेलेका थिए। १२६ बलको सामना गरेका शर्माले ११ चौका र ४ छक्क प्रहार गरे।

त्यसैगरी कप्तान बिराट कोहलीले ३६, शिखर धवनले ३४ र श्रेयस अएरले ३० रन जोडे। एक समय मजबुत स्थितिमा देखिएको भारतीय टिमलाई २७४ मा रोक्न लुंगी एनगीडीले उत्कृस्ट बलिंग गरे। उनले आफ्नो ९ ओभरमा ५१ रन खर्चेर ४ महत्वपूर्ण विकेट हात पारे भने कगीसो रबाडाले १ विकेट चट्काए।

कुलदिपको बलिंगमा अफ्रीका निरिह 

२७५ लक्ष्य लिएर मैदान उत्रिएको दक्षिण अफ्रीकाले ४२.२ ओभरमा अल आउट हुँदा २०१ रन मात्र बनाउन सक्यो र नतिजा ७३ रनले भारतको पक्षमा सुम्पिन बाध्य भयो। अफ्रीकाको इंनिंगमा १ मात्र अर्ध शतक हाशिम अमलाले प्रहार गरे। उनले ९२ बलमा ७१ रनको योगदान गरे। उनले पहिलो विकेटका लागि कप्तान मार्करम (३२ रन ) का साथ ५२ तथा डेभिड मिलर (३६ रन) का साथ चौथौ विकेटका लागि ६२ रनको  साझेदारी गरेता पनि जितको लागि पर्याप्त भएन | त्यसैगरी पछिल्लो खेलमा शानदार ब्याटिंग गरेका हेनिरिक कलासेनले ३९ रन जोडे।

भारतलाई  जित दिलाउने क्रममा स्पिनर कुलदीप यादवले  ४ विकेट चट्काए। आफ्नो १० ओभरको लेग स्पिन बलिंगमा यादवले ५७ रन खर्चेर ४ विकेट निकाले। यस्तै हार्दिक पान्दिया र युज्वेंद्र चाहालले समान २-२ लिए भने जस्प्रित बुम्राले १ विकेट हात परे।

एक दिवसीय शृंखलाको अन्तिम खेल पर्सी शुक्रबार सेंचुरियएन मैदानमा हुनेछ।  यस अघि टेस्ट शृंखला दक्षिण अफ्रीकाले २-१ जितेको थियो।

फोटोहरु – ICC

 

samraat maharjan

Cricket is Life.Believe in your ability and Follow you passion. Never give up

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy