रोहितले विश्वकपको डेब्यु खेलमा बनाउँदै छन् यस्तो कीर्तिमान

काठमाडौं । दश बर्ष पछि विश्वकपमा स्थान बनाएको नेपालका कप्तान रोहितकुमार पौडेलले नेदरल्यान्ड्ससँगको पहिलो खेलमा नयाँ कीर्तिमान बनाउँदै छन् ।

यस खेलमा विश्वकपमा सबैभन्दा कम उमेरमा कप्तानीको भुमिका निभाउने पौडेलले यसै खेलमा नेपालका लागि ५० औं टी-२० आई खेल पनि खेल्दैछन् । आफ्नो पहिलो विश्वकपको खेलमा पौडेलले यस्तो कीर्तिमान बनाउने अवसर पाउने भएका हुन् ।

५० औं टी-२० आइ खेल खेल्दै रोहित

विश्वकपमा डेब्यु गरिरहँदा कप्तान पौडेलले टी-२० आईमा आफ्नो ५० औं खेल पनि खेल्दैछन् । पाँच वर्ष अघि १६ वर्षकै उमेरमा टी-२० आईमा डेब्यु गरेका रोहितले ४९ खेलमा ११ सय ८ रन बनाएका छन् । रोहितले २०२२ को नोभेम्बरमा राष्ट्रिय टोलीको कप्तानी औपचारिक रुपमा सम्हालेका थिए । रोहितले औपचारिक रुपमा कप्तानी सम्हालेको करिब दश महिना पछि मात्र टी-२० आईको कप्तानी गर्ने अवसर पाए ।

रोहितको नेदरल्यान्ड्ससँगको विश्वकपको पहिलो खेल कप्तानको रुपमा २९ औं खेल हुनेछ । रोहित टी-२० आईमा नेपालका लागि धेरै खेलमा कप्तानी गर्ने कप्तानको शीर्ष स्थानमा छन् । उनी भन्दा पछि २७ खेलमा कप्तानी गरेका पारस खड्का रहेका छन् ।

सबैभन्दा कान्छा कप्तान बन्दै रोहित

पौडेलले हङकङका जेम्स एटकिन्सनको नाममा रहेको कीर्तिमान भङ्ग गर्दै टी-२० विश्वकपमा टोलीको कप्तानी गर्ने सबैभन्दा कान्छा कप्तान बन्ने छन् ।

२०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकपमा नेपालविरुद्ध नै कप्तानी गरि जेम्सले यो कीर्तिमान बनाएका थिए । जेम्सले नेपालविरुद्ध २३ वर्ष २ सय ५ दिन रहँदा कप्तानी गरेका थिए । सो खेलमा जेम्सले सोमपाल कामीबाट बोल्ड आउट हुनु अघि ६ रन मात्र बनाएका थिए ।

दश वर्ष पछि विश्वकपमा स्थान बनाएको नेपालले ४ जुन २०२४ मा नेदरल्यान्ड्सविरुद्ध पहिलो खेल खेल्दै गर्दा २१ वर्ष २ सय ७६ दिन रहँदा टीम नेपालको कप्तानी गर्ने छन् । पौडेलले २१ वर्ष २५ दिनमा नेपालका लागि टी-२० आईमा कप्तानको रुपमा डेब्यु गरेका थिए ।

विश्वकपमा नेपाल

दश वर्ष पछि विश्वकप खेल्दै गरेको नेपाल २० राष्ट्र सहभागी प्रतियोगिताको समूह डी मा रहेको छ । नेपाल रहेको समूहमा नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन् । विश्वकपमा नेपालको पहिलो खेल ४ जुन अर्थात जेठ २२ मंगलबारको दिन नेदरल्यान्ड्ससँग हुनेछ । यो खेल नेपाली समयअनुसार बेलुका सवा ९ मा अमेरिकाको डालसमा हुनेछ । विश्वकपको दोस्रो खेलमा नेपालले १२ जुन अर्थात ३० जेठ बुधबारको दिन लाउडेरहिलमा खेल्नेछ । दोस्रो खेलमा श्रीलंकासँग खेल्ने नेपालको यस खेल नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ ।

दोस्रो खेल पछि आफ्नो बाँकी दुई खेलका लागि नेपाल वेस्ट इन्डिज जानेछ । वेस्ट इन्डिजमा १५ जुन अर्थात असार १ मा दक्षिण अफ्रिकासँग खेल्नेछ । यस खेल पनि नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ । खेल सेन्ट भिन्सेन्टमा हुनेछ । विश्वकपको समूह चरणको चौथो तथा अन्तिम खेलमा १७ जुन अर्थात असार ३ मा बंगलादेशसँग सेन्ट भिन्सेन्टमा नै खेल्नेछ । यो खेल पनि नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ ।

विश्वकपमा सहभागीता जनाउँने १५ सदस्यीय नेपाली टोलीको नेपाल क्रिकेट संघ (क्यान) ले घोषणा गरिसकेको छ ।

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, गुलसन झा, अनिल शाह, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, प्रतिश जिसी, करण केसी, सोमपाल कामी, अभिनास बाहोरा, सागर ढकाल र कमलसिंह ऐरी ।





थप समाचार

सायम प्रिमियर लिगमा ४ टिम

काठमाडौं । सायम कलेजको आयोजनामा हुने सायम प्रिमियर लिग क्रिकेटको पाँचौं संस्करणमा ४ टिमको सहभागिता रहने भएको छ । लिग […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : एपिएफकाे लगातार दोस्रो जित

काठमाडौँ । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित […]

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई 

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

दोस्रो अभ्यास खेलमा नेपाल अमेरिकासँग पराजित

काठमाडौँ । यू–१९ महिला विश्‍वकपको दोस्रो अभ्यास खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ। मलेसियाको क्‍वालालाम्पुरस्थित रोयल सेलङ्गर मैदानमा बुधबार भएको […]

जय ट्रफी : पहिलो दिन १७ ओभरको खेल, भुर्तेलको अर्धशतक

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत फाइनल खेलको पहिलो दिन समाप्त हुँदा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ८५ रनको […]