रोहित शर्माले पास गरे फिटनेस टेस्ट

भारतीय क्रिकेट टिमका ओपनर रोहित शर्माले फिटनेस टेस्ट पास गर्दै अस्ट्रेलिया बिरुद्ध टेस्ट सिरिजको हिस्सा हुने भएका छन्। उनको शुक्रबार भारतको नेसनल क्रिकेट एकेडेमीमा फिटनेस टेस्ट भएको थियो। शर्मा डिसेम्बर १३ मा दुबई हुँदै अस्ट्रेलियाको सिड्नी प्रस्थान गर्नेछन् जहाँ उनि १४ दिन अनिवार्य क्वारेन्टाइन बस्नेछन्।

ईन्डीएन प्रिमियर लिग ( आईपीएल ) को दौरान भएको ह्याम्स ह्यामस्ट्रिंग पछि शर्मा नेसनल क्रिकेट एकेडेमी ( एनसीए ) जानु परेको थियो जहाँ केहि समय बिताएपछि उनलाई चिकित्सकहरुले फिट घोषित गरेका हुन्। रोहित १९ नोभेम्बरमा भारतको बैंगलोर स्थित एनसीए पुगका थिए। उनि अब अस्ट्रेलिया भ्रमणको लागि पूर्णरुपमा फिट छन्।

रोहित फिट घोषित भए पछि उनि अस्ट्रेलिया बिरुद्ध टेस्ट सिरिजको अन्तिम दुई खेलमा भारतीय टिमको हिस्सा हुनको लागि उपलब्ध छन्। रोहित पहिलो दुई खेलबाट भने बाहिर छन्। तेश्रो टेस्ट जनवरी ७ र चौथो टेस्ट जनवरी १५ तारिखबाट सुरु हुनेछ।

रोहित यस अघि अस्ट्रेलिया टुरको तिन वटै फर्म्याटबाट बाहिर थिए। तर पछि उनको आईपीएलको फिटनेसको आधारमा टेस्ट टिममा भने स्थान दिईएको थियो। तर, फिटनेसको कारणले भने उनलाई पहिलो दुई खेलबाट बाहिर राखिएको थियो। अब रोहितले फिटनेस टेस्ट पास गरेको खण्डमा भारतीय क्रिकेट बोर्डले उनको क्वारेन्टाइन अवधि कम गर्नको लागि क्रिकेट अस्ट्रेलियासंग पहल गर्न सक्छ।

भारतीय कप्तान बिराट कोहली सिरिजको पहिलो टेस्ट खेलेपछि भारत फर्किनेछन्। यस्तोमा कोहलीको स्थान परिपूर्ति तथा ओपनिंग स्थानलाई बलियो बनाउनको लागि भारतीय टिम रोहितको उपस्थिति चाहन्छ।





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]

क्रिकेटर महरालाई ५० हजारको खेलकुद साधना सम्मान

हालै मलेसियामा सम्पन्न १९ वर्षमुनिको विश्वकप महिला क्रिकेट प्रतियोगिता खेल्नु भएकी धनगढीकी स्नेहा महरा ५० हजार पुरस्कार राशिको चैतन्य खेलकुद […]

राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको लागि आवेदन खुला

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुलेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले रिक्त रहेको प्रशिक्षक पदका […]

त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडानका लागि बोलपत्र स्वीकृत

काठमाडौँको कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माण र फ्लड लाइट जडानका लागि बोलपत्र स्वीकृत भएको छ […]

कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण

सुनसरी । कोशी टप्पु वन्यजन्तु आरक्ष र कोशी नदिको किनारमा कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण गरिएको छ । […]

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]