अफ्रिदीको २३ वर्ष पुरानो रेकर्ड तोड्दै रोहित पौडेल बने बिश्वकै अर्धशतक बनाउने कान्छा खेलाडी

  • विकेटनेपाल, माघ-१२, शनिवार 

शहिद अफ्रिदीले २३ वर्ष पहिले बनाएको रेकर्ड तोड्दै नेपाली खेलाडी रोहित पौडेल एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा कम उमेरमा अर्धशतक पुरा गर्ने खेलाडी बनेका छन्।

युएईसंग जारि एकदिवसीय सिरिज अन्तर्गत दोश्रो खेलमा नेपालले पहिले ब्याटिंग गर्ने क्रममा रोहितले अर्धशतक बनाएका हुन्। सातौँ नम्बरमा ब्याटिंग गर्ने क्रममा रोहितले ५५ रन बनाएका थिए जुन क्रममा ५८ बलमा ७ चौका प्रहार गरे।

सन् १९९६ मा चर्चित पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीले श्रीलंका बिरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गर्दै शतक बनाएका थिए। त्यो बेला शाहिद अफ्रिदीको उमेर १६ वर्ष २१७ दिन थियो। रोहित पौडेलको उमेर आज अर्धशतक बनाउने क्रममा १६ वर्ष १४६ दिन रहेको छ। अर्थात रोहितले अफ्रिदीको रेकर्ड ७१ दिनले तोडेका छन्।

यो रेकर्ड बनाउने सुचीमा पहिलो र दोश्रो नम्बरमा रोहित र शाहिद छन् भने तेश्रो र चौथो नम्बरमा पनि शाहिद अफ्रिदीनै छन्। अफ्रिदीले १६ वर्ष २४५ दिन उमेर हुँदा जिम्बाबे बिरुद्ध र १६ वर्ष ३२३ दिन उमेर हुँदा वेस्ट इन्डिज बिरुद्ध अर्धशतक बनाएका थिए। ३ वटै इनिंग अफ्रिदीले सन् १९९६ मा खेलेका थिए।

हंगकंगका खेलाडी अंशुमन रथ यो सुचीमा पाँचौ नम्बरमा रहेका छन् जसले १७ वर्ष ४ दिनको उमेरमा पपुवा न्यु गिनी बिरुद्ध सन् २०१४ मा अर्धशतक बनाएका थिए। यस्तै यो सुचीमा छैठौं , सातौँ र आठौँ नम्बरमा शहिद अफ्रिदीनै छन्। नवौं र दशौ नम्बरमा अफगानिस्तानका उश्मान घानी छन् भने ११ औं नम्बरमा पाकिस्तानकै मोहम्मद आमिर रहेका छन्।

ओडीआई डेब्यु गर्ने बिश्वकै चौथो कान्छा 

रोहित पौडेल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्ने पनि विश्वकै चौथो कान्छा खेलाडी पनि हुन्। पौडेलले गत वर्ष नेदरल्याण्डसंग नेपालले खेलेको एकदिवसीय सिरिज अन्तर्गत दोश्रो एकदिवसीयमा नेपालको लागि डेब्यु गरेका थिए। त्यस दिन रोहितको उमेर १५ वर्ष ३३५ दिन मात्रै थियो।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बिश्वकै कम उमेरमा डेब्यु गर्ने खेलाडी पाकिस्तानका हसन राजा हुन् जसले १४ वर्ष २३३ दिन उमेर हुँदा जिम्बाबे बिरुद्ध सन् १९९६ मा डेब्यु गरेका थिए। यस्तै केन्याका गुरदिप सिंहले सन् २०१३ मा अफगानिस्तान बिरुद्ध डेब्यु गर्दा १५ वर्ष २५८ दिन उमेर थियो। तेश्रो नम्बरमा क्यानडाका खेलाडी नितिश कुमार रहेका छन् जसले सन् २०१० मा अफगानिस्तानसंग डेब्यु गर्दा उनको उमेर १५ वर्ष २७३ दिन थियो।

रोहितको अर्को ३ किर्तिमान :

युएईसंग अर्धशतक प्रहार गर्ने क्रममा रोहित नेपालको लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक प्रहार गर्ने पाँचौ नेपाली खेलाडी पनि बनेका छन्। उनि भन्दा अघि ज्ञानेन्द्र मल्ल, पारस खड्का, सोमपाल कामि र सुबास खकुरेलले अर्धशतक बनाएका छन्।

यस्तै रोहितले युएईसंग आरिफ शेखसंग छैठौं विकेटको लागि गरेको ८२ रनको साझेदारी नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि विकेटको लागि गरेको सबै भन्दा ठुलो साझेदारी हो। युएईसंग आजकै खेलमा पहिलो विकेटको लागि बिनोद भण्डारी र ज्ञानेन्द्र मल्लले गरेको ६१ रनको साझेदारीको रेकर्ड तोड्दै रोहित र आरिफले उक्त रेकर्ड बनाएका हुन्।

यस्तै रोहित सातौँ नम्बरमा ब्याटिंग गरेर अर्धशतक बनाउने पहिलो नेपाली ब्याट्सम्यान बनेका छन्। यस अघि ज्ञानेन्द्र मल्ल र सुबास खकुरेलले ओपनिङ्ग गर्दै, पारस खड्काले चौथो नम्बरमा तथा सोमपाल कामिले आठौँ नम्बरमा ब्याटिंग गर्दै अर्धशतक बनाएका थिए।

को हुन् रोहित पौडेल ? 

रोहित पौडेल अन्डर-१९ समुहबाट उदाएका खेलाडी हुन्। सन् २०१६ को अन्डर-१९ एसिया कपका लागि खेलाडी छनोट गर्न आयोजित ट्यालेन्ट हन्टबाट अन्डर-१९ राष्ट्रिय टिम हुँदै राष्ट्रिय टिमसम्मको यात्रा गरेका हुन्।

गत वर्ष सम्पन्न  एभरेष्ट प्रिमियर लिगमा समेत उत्कृस्ट ब्याटिंग गरेका रोहितले त्यसकै बलमा रास्ट्रिय टोलिसम्मको बाटो निर्धारण गरेका थिए। एभरेस्ट प्रिमियर लिगमा दायाँ हाते ब्याट्सम्यान पौडेलले ललितपुर प्याट्रिएट्ससंगको लिग चरणको खेलमा मेहबुब आलमको एकै ओभरमा १८ रन ( ३ चौका, १ छक्का ) प्रहार गर्दै टिमलाई अप्रत्यासित जित दिलाएका थिए। त्यसक्रममा उनले ११ बल ३१ रन बनाएका थिए। यस्तै ललितपुरसंगकै क्वालिफायर खेलमा रोहितले अन्तिम ओभरमा १३ रन जितको लागि आवस्यक हुँदा लगातार पहिलो ३ बलमा २ छक्का र १ रन लिंदै खेल जिताएका थिए।

Rohit Paudel receiving ODI Cap by Batting Consultant Sulakshan Kulkarni
Rohit Paudel receiving ODI Cap by Batting Consultant Sulakshan Kulkarni

सन् २०१६ को अन्डर १९ एसिया कपमा भारत बिरुद्ध उनले आक्रामक ब्याटिंग गर्दै रोहितले ६८ रन जोडेका थिए। त्यस खेलमा रोहितले भारतीय बलर कमलेश नगरकोटीको अन्तिम ओभरमा २ छक्का र ३ चौका प्रहार गर्दै २४ रन हिर्काएका थिए। यस्तै मलेसियामा सम्पन्न यु-१९ एसिया कप २०१७ को बंगलादेशसंगको खेलमा रोहितले ४० रन ( ५४ बल, २ चौका र २ छक्का ) बनाएका थिए।

रोहितले नेपालको लागि गत वर्ष नामिबियामा सम्पन्न डिभिजन-२ मा नामिबियासंग डेब्यु गरेका थिए। उनलाई त्यति बेला भारतबाट आएका ब्याटिंग कन्सल्टेन्ट सुलक्षण कुल्कर्निले डेब्यु क्याप प्रदान गरेका थिए।





थप समाचार

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ पुनः स्थगित

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ । आज […]

एसियन गेम्स खेल्न आज चीन जाने नेपाली क्रिकेट टोलीको क्यानद्वारा विदाई

एसियन गेम्सका लागि चीन जान लागेको नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीहरूले एक कार्यक्रमका […]

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]