न्युजिल्यान्ड बिरुद्ध टेस्ट सिरिजको लागि भारतीय टिमको घोषणा

न्युजिल्यान्ड बिरुद्ध घरेलु भूमिमा नोभेम्बर २५ तारिख देखि सुरु हुने दुई टेस्टको सिरिजको लागि भारतले टिमको घोषणा गरेको छ। भारत र न्युजिल्यान्ड बीच नोभेम्बर १७, १९ र २१ तारिखमा तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज खेलिनेछ जसपछि नोभेम्बर २५ र डिसेम्बर ३ तारिखमा दुईवटा टेस्ट खेलिनेछ।

घोषित टिममा रोहित शर्मा, रिशभ पन्त, जस्प्रित बुम्राह र मोहम्मद शामी छैनन् जसलाई आराम दिईएको छ। बिराट कोहली भने पहिलो टेस्टमा आराम गर्दै डिसेम्बर ३ बाट सुरु हुने दोश्रो टेस्ट खेल्नेछन्। टेस्ट सिरिज अघि हुने तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज भने कोहलीले खेल्ने छैनन्। कोहलीको स्थानमा पहिलो टेस्टमा भारतको कप्तानी अजिंके रहानेले गर्नेछन् भने चेतेश्वर पुजारा उपकप्तानको भूमिकामा हुनेछन्।

रिशभ पन्तको स्थानमा विकेटकिपरको रुपमा रिद्धिमान शाह टिममा छन् भने ब्याक अप किपरको रुपमा श्रीकर भारत छन्। टिममा टेस्ट डेब्यु नगरेका श्रेयस ऐयरलाई पनि मौका दिईएको छ। टेस्ट च्याम्पियनसिप फाइनलमा टिममा रहेका शुबमन गिल पनि टिममा छन्।


इंग्ल्यान्ड बिरुद्ध टेस्ट सिरिजमा हिस्सा रहेका सूर्यकुमार यादव, पृथ्वी श, हनुमा विहारी, अभिमन्यु ईश्वरनलाई बाहिर राखिएको छ। अन-क्याप्ड प्रसिध कृष्णा, जयन्त यादव पनि टिमको हिस्सा छन्।

१६ सदस्यीय भारतीय टेस्ट टिम : अजिंके रहाने ( कप्तान , पहिलो टेस्ट ) , बिराट कोहली ( दोश्रो टेस्टको कप्तान, पहिलो खेलमा आराम ) , केएल राहुल, मायाँक अग्रवाल, चेतेश्वर पुजारा, शुबमन गिल, श्रेयस ऐयर, रिद्धिमान शाह ( विकेटकिपर ) , श्रीकर भारत ( विकेटकिपर ) , रभीन्द्र जडेजा, रभीचन्द्रन आश्विन, अक्षर पटेल, जयन्त यादव, इशान्त शर्मा, उमेश यादव, मोहम्मद सिराज, प्रसिध कृष्णा

१६ सदस्यीय टिम ( टि-२० ) : रोहित शर्मा ( कप्तान ) , केएल राहुल, रुतुराज गायकवाड, श्रेयस ऐयर, सुर्यकुमार यादव, रिशभ पन्त ( विकेटकिपर ) , इशान किशन ( विकेटकिपर ) , भेंकटेस ऐयर, युजभेन्द्र चाहल, रभीचन्द्रन आश्विन, अक्षर पटेल, आभेस खान, भुवनेश्वर कुमार, दिपक चाहर, हर्षल पटेल र मोहम्मद सिराज





थप समाचार

बैंगलुरुको विजयी सुरुआत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी सुरुआत गरेको छ। शनिबार भएको उद्घाटन खेलमा कोलकोता नाइट […]

कोलकोताले दियो बैंगलुरुलाई १७५ रनको लक्ष्य

काठमाडौँँ । १८औं संस्करणकाे इन्डियन प्रिमियर लिग (आईपीएल) काे उद्घाटन खेलमा कोलकोता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई १७५ रनकाे लक्षय […]

पीएम कप ; कोशीविरुद्ध बागमती १३१ रनले विजयी

काठमाडौँ । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले फराकिलो जित हासिल गरेको छ। शनिबार […]

आईपीएल आजदेखि, उद्घाटन खेलमा कोलकोता र बैंगलुरु भिड्दै

काठमाडौँ । १८औं संस्करणकाे इन्डियन प्रिमियर लिग (आईपीएल) आजदेखि सुरु हुँदै छ। उद्घाटन खेल कोलकोतास्थित इडन गार्डेन क्रिकेट स्टेडियममा हुँदै […]

आर्मीको छैटौँ जित

काठमाडौं । विभागिय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा छैटौं जित दर्ता गरेको छ। देउखुरी […]

नेपालले दिल्लीसँग अभ्यास खेल खेल्ने

काठमाडौं। आइसिसी यु–१९ विश्वकप छनोटको तयारीमा रहेको नेपालले भारतको प्रान्तीय टिम दिल्लीसँग अभ्यास खेल खेल्ने भएको छ। यु–१९ विश्वकप एसिया […]