रोहित पौडेल संकटमोचक बन्दा नेपालले जितेको ७ खेल

२०१८ फेब्रुअरीमा नामिबिया बिरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टिमको लागि डेब्यु गरेका रोहित पौडेलले Rohit Paudel कलिलो उमेरमै परिपक्क ब्याटिंग गर्दै राष्ट्रिय टिममा स्थान बनाउन सफल भएका थिए। रोहितले २०१६ को अन्डर-१९ एसिया कपको लागि खेलाडी छनोट गर्न ट्यालेन्ट हन्टबाट अन्डर-१९ राष्ट्रिय टिम हुँदै सिनियर राष्ट्रिय टिमको यात्रा गरेका थिए। २०१६ को अन्डर-१९ एसिया कपमा भारत बिरुद्ध आक्रामक ब्याटिंग गरे ६८ रन बनाएका रोहितले उक्त खेलमा भारतीय बलर कमलेश नगरकोटीलाई एकै ओभरमा ३ चौका र २ छक्का प्रहार गर्दै आफ्नो क्षमता प्रदर्शन गरेका थिए।

ईपीएल २०१७ मा ललितपुर पेट्रीएट्स बिरुद्धको एक खेलमा भैरहवा ग्ल्याडीएटर्सको प्रतिनिधित्व गरेका उनले मेहबुब आलमको एकै ओभरमा १८ रन प्रहार गर्दै टिमलै अप्रत्यासित जित दिलाएका थिए। उक्त खेलमा रोहितले ११ बलमा ३१ रन बनाएका थिए जुन क्रममा जित्न अन्तिम ओभरमा १३ रन आवस्यक हुँदा २ छक्का प्रहार गरेका थिए। २०१७ एसिया कपमा बंगलादेश बिरुद्ध ४० रन बनाएका पौडेलले यस्तै इनिंग्सहरुको बलमा राष्ट्रिय टिमको यात्रा गरेका थिए। राष्ट्रिय टिमको यात्रा गरेपछि पनि रोहितले संकटमा ब्याटिंग गर्दै खेल जिताउन सक्ने क्षमता बारम्बार प्रदर्शन गरेका छन्। पपुवा न्यु गिनी बिरुद्ध मंगलबार त्यस्तै अर्को इनिंग्स खेल्दा रोहितले बिगतमा संकटमोचक बन्दै नेपाललाई जिताएका ७ खेलको चर्चा गरेका छौँ।

१. बिरुद्ध नामिबिया, २०१८ आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ : नामिबीय बिरुद्ध आफ्नो राष्ट्रिय क्रिकेट टिमको डेब्युमै रोहितले प्रभावशाली प्रदर्शन गरेका थिए। नेपाल १ विकेटले विजयी भएको उक्त खेलमा रोहितले आठौँ नम्बरमा ब्याटिंग गरेका उनले धैर्यतापूर्वक ब्याटिंग गर्दै ६० बलमा २ चौका मद्दतले १७ रन बनाएका थिए। नामिबियाले दिएको १४० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ५६ रनमा ६ विकेट गुमाएको थियो। त्यो अवस्थामा उनले सातौं विकेटको लागि शरद भेसावकरसंग ३७ रनको तथा आठौं विकेटको लागि सोमपाल कामिसंग ११ रनको साझेदारी गर्दै जितमा अहम योगदान दिएका थिए। स्कोर ठूलो नभएता पनि दबाबमा रोहितले राम्रो ब्याटिंग गरेका थिए। उक्त खेलको स्कोरकार्ड

२. बिरुद्ध, युएई, २०१८ आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ : युएईले दिएको ११५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ७६ रनमा ५ विकेट गुमाउन पुग्यो। अर्धशतक बनाएका कप्तान पारस खड्का आउट भएपछि नेपाल समस्यामा थियो। सातौँ नम्बरमा ब्याटिंग गरेका रोहितले छैठौं विकेटको लागि आरिफ शेखसंग २७ रनको तथा सातौँ विकेटको लागि सोमपाल कामिसंग १२ रनको अविजित साझेदारी गर्दै नेपाललाई जितसम्म डोर्याए। रोहितले ४१ बलको धैर्यतापूर्ण इनिंग्स खेल्ने क्रममा १२ रन बनाए। खेल नेपालले ३ विकेटले जित्न सफल भयो। उक्त खेलको स्कोरकार्ड 

Sharad esawkar, Rohit Paudel

३. बिरुद्ध केन्या, २०१८ आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ : केन्याले दिएको १७८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले सुरुवाती ५ विकेट ८२ रनमै गुमाउन पुग्यो। नेपाललाई खेल जित्न पुनः राम्रो साझेदारीको आवस्यकता थियो। सातौं नम्बरमा ब्याटिंग गर्न आएका रोहितले आरिफ शेखसंग छैठौं विकेटको लागि ८७ रनको उत्कृस्ट साझेदारी गर्दै नेपाललाई जितको दिशा दिए। खेल जित्न २ रन बाँकी हुँदा रोहित आउट भए जसपछि सोमपाल कामिले अन्तिम बलमा विजयी रन प्रहार गरेका थिए। रोहितले पुनः धैर्यतापूर्वक ८६ बल खेल्दै १ चौका मद्दतले ४७ रनको जिम्मेवार पारि खेले। उक्त खेलको स्कोरकार्ड 

४. बिरुद्ध क्यानडा, २०१८ आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ : क्यानडा बिरुद्ध नेपालको १ विकेटको रोमान्चक जितको कथा र करन केसी सबै नेपाली समर्थकहरुलाई याद छ। तर उक्त खेलमा करन केसी र सन्दिप लामिछानेको अन्तिम विकेटको साझेदारी अघि संकटमा रोहित पौडेलले पनि महत्वपूर्ण योगदान दिएका थिए। क्यानडाले दिएको १९५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ८१ रनमा ५ विकेट गुमाउन पुगेको थियो। सातौँ नम्बरमा आएका रोहितले अरिफ सेखसंग ४६ रनको साझेदारी गरे जुन उक्त खेलमा करन र सन्दिप बीचको ५१ रनको साझेदारी पछिको ठूलो साझेदारी थियो। उक्त खेलको स्कोरकार्ड 

५. बिरुद्ध हंगकंग, २०१८ आईसीसी एकदिवसीय विश्वकप छनौट : हंगकंगले दएको १५४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ६६ रनमा ५ विकेट गुमाउन पुग्यो। छैठौं नम्बरमा ब्याटिंग गरेका रोहितले सोमपाल कामिसंग छैठौं विकेटको लागि अविजित ८९ रनको साझेदारी गर्दै जितसम्म पुर्याए। ८६ बल खेलेका रोहितले ५ चौका मद्दतले ४८ रन बनाए। पहिलो पटक रोहित राष्ट्रिय टिमको लागि खेल्दा प्लेयर अफ द म्याच समेत चुनिन पुगे। उक्त खेलको स्कोरकार्ड 

Rohit Paudel
Rohit Paudel ( Photo – TheNational.ae )

६. बिरुद्ध युएई, २०१९ नेपालको युएई भ्रमण : घरेलु टोलि बिरुद्ध टस जितेर ब्याटिंग गरेको नेपालले  पहिलो ५ विकेट ११३ रनमै गुमाउन पुग्यो। नेपाललाई पुनः साझेदारीको आवस्यकता थियो जसलाई रोहितले पुनः पुरा गरे। राष्ट्रिय टिमको लागि पहिलो अर्धशतक समेत पुरा गरेका उनले छैठौं विकेटको लागि आरिफ शेखसंग ८२ रनको साझेदारी गरे। ५८ बलमा रोहितले ७ चौका मद्दतले ५५ रन बनाए। संकटको अवस्थाबाट नेपालले २४२ रनको योगफल खडा गर्यो जुन खेल नेपालले १४५ रनले जित्न सफल भयो। उक्त खेलको स्कोरकार्ड 

७. बिरुद्ध पपुवा न्यु गिनी, २०२१ नेपालको ओमान भ्रमण : पपुवा न्यु गिनीले दिएको १३५ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा नेपालले ८२ रन बनाउदा ७ विकेट गुमाउन पुग्यो। तर छैठौं नम्बरमा ब्याटिंग गर्न आएका रोहितले भने एक किनार सम्हालीरहे। उनले पाँचौ विकेटको लागि शरद भेसावकरसंग १६ रन जोडे। शरद आउट भएपछि कुशल मल्ल र पवन सर्राफ लगत्तै आउट हुँदा दबाबमा पुनः रोहितले उत्कृस्ट खेल देखाए। नवौं नम्बरमा ब्याटिंग गरेका सोमपाल कामिसंग उनले ५२ रनको साझदारी गर्दै नेपाललाई जितको दिशा दिए। जित्न १ रन बाँकी हुँदा आउट भएका रोहितले ६५ बलमा २ चौका मद्दतले ४१ रन बनाए। नेपालले २ विकेटको रोमान्चक जित हात पार्न सफल रह्यो। खेलको स्कोरकार्ड 





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]