रोहितले शानदार इनिंग खेल्दा नेपालको रोमान्चक जित

Nepal U19 Cricket Team

रोहित पौडेलले शानदार इनिंग खेलेपछि नेपालले यु-१९ युथ एसिया कपको अन्तिम खेलमा युनाईटेड अरब इमिरेट्सलाई ३ विकेटले पराजित गरेको छ।

रोमान्चक खेलमा पहिले ब्याटिंग गर्दै यएईले दिएको २६९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४९.१  ओभरमा लक्ष्य पुरा गर्यो।

जित सहित नेपालले प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो। यस अघि नेपाल र युएईले खेलेको २/२ वटा खेलमा अफगानिस्तान र भारतसंग पराजित हुँदै सेमीफाइनल पुग्ने सम्भावना सकीसकेको छ।

रोहितको शानदार इनिंग 

युएईले दिएको २६९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले राम्रो सुरुवात गर्न सकेन। ओपनर तृत राज दास ६ तथा रित गौतम १८ रन बनाएर आउट भए।

तेश्रो विकेटको लागि कप्तान आसिफ शेख र सन्दिप जोराले टिमको स्कोर ४५/२ बाट १०० रन पार गराए। तेश्रो विकेटको लागि ५९ रनको साझेदारी गरेपछि आसिफ ३५ रन बनाएर आउट हुँदा टिमको योगफल २० ओभरमा १०४/३ पुग्यो।

चौथो विकेटको लागि सन्दिप जोरा र रोहित पौडेलले ४२ रनको साझेदारी गर्दै टिमको स्कोर १५० नजिक पुर्याए। ३० औं ओभरमा सन्दिपले रोहितको साथ् छोडे जुन बेला योगफल १४६/४ पुग्यो। जोराले ६७ रनको इनिंग खेले जुन क्रममा ६ चौका र २ छक्का प्रहार गरे।

Player of the match - Rohit Paudel
Player of the match – Rohit Paudel

चौथो विकेट पछि रोहित पौडेलले एक किनार सम्हालीरहे र पवन सर्राफ, अरुन ऐरि, रासिद खानसंग साझेदारी गर्दै टिमलाई जित नजिक पुर्याए। पवन ,९  अरुण ४ रन बनाएर आउट भए।

४५ ओभरमा नेपालको स्कोर २१६/६ थियॊ र जितको लागि ३० बलमा अझै ५३ रन आवस्यक। रोहितले गेर परिवर्तन गरे र ४६ औं र ४७ औं ओभरमा १/१ छक्का, ४९ औं ओभरमा १ छक्का  र १ चौका प्रहार गर्दै नेपाललाई जित नजिक पुर्याएका थिए। यस्तै रासिद खानले पनि आक्रामक ब्याटिंग गर्दै जितमा अहम योगदान दिए।

८८ बलमा ३ छक्का र ६ चौका प्रहार गर्दै रोहित नेपाल जितबाट १ रन टाढा हुँदा आउट भए। त्यसपछि अन्तिम ओभरको पहिलो बलमै छक्का प्रहार गर्दै रासिद खानले नेपाललाई विजय दिलाए।

बिजयी रन प्रहार गर्ने क्रममा रासिदले मात्र १४ बलमा ३ छक्का प्रहार गर्दै अविजित २७ रन बनाए।

युएई बलर आर्यन लाकरा, आरोन बेन्जामिनले २/२ विकेट लिए। खेलको प्लेयर अफ द म्याच रोहित पौडेल घोषित भए जसले २५० अमेरिकी डलर प्राप्त गरे।

युएईको ब्याटिंग 

टस जितेर पहिले ब्याटिंग गरेको युएईले पुरै ५० ओभर ब्याटिंग गर्दै ८ विकेट गुमाएर २६८ रनको योगफल तयार गरेको छ।

टस जितेर ब्याटिंग गरेको युएईले शानदार सुरुवात गर्दै पहिलो विकेटको लागि फहाद नवाज र अंशले १५९ रनको बिशाल साझेदारी गरे।

२८ औं ओभरमा ६७ रन बनाएका अंश ६७ रन  ( ८१ बल, ८ चौका र १ छक्का ) बनाएर नन्दन यादबको बलमा आउट हुँदा पहिलो विकेट गुमाएको नेपालले त्यसपछि भने निरन्तर अन्तरालमा विकेट पायो। फहाद नवाजलाई पनि नन्दनलेनै ३२ औं ओभरमा आउट गरे। फहदले ८३ रन बनाए जुन क्रममा ९५ बलमा ५ चौका प्रहार गरे।

त्यसपछि मुहम्मद अलि ( १६ ) , जोनाथन फिगी ( १५ ) , अल्ल्शान शरफु ( ९ ) , ब्रान्डन एडम ( १८  ) ले लगातार विकेट गुमाउदा नेपाल खेलमा फर्कियो। २८ औं ओभरमा १५९/१ को अवस्थाबाट युएई ४३ औं ओभरमा २२७/६ को अवस्थामा पुग्यो।

त्यसपछि युएईको तल्लो क्रममा सयद हैदर ( १२ ) र मुहमद ए ( १८* ) र कार्तिक पलनिएप्पन ( ११* ) ले स्कोरलाई २५० पार गराए। ८ विकेट गुमाएर पुरा ५० ओभरमा युएईले २६८ रनको योगफल तयार गर्यो।

नेपालको बलिङ्गतर्फ नन्दन यादब ( १०-१-५१-२ ) , रासिद खान ( १०-१-५१-२ )  र पवन सर्राफ ( १०-१-४३-२ ) ले समान २ विकेट हात पारे। सुर्य तामांग ( ७-०-५६-१ ) र सागर ढकाल ( १०-०-४३-१ ) ले समान १/१ विकेट लिए।

नेपाल र युएई दुवै टिमले खेलेको २ वटै खेलमा हार बेहोरीसकेको छ र सेमीफाइनल पुग्ने सम्भावना सकीसकेको छ। युएईले अफगानिस्तानसंग ५ विकेटले तथा भारतसंग २२७ रनले पराजय बेहोरेको थियो भने नेपालले भारतसंग १७२ रनले तथा अफगानिस्तानसंग ३ विकेटले पराजय बेहोरेको थियो।





थप समाचार

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]