रोहितलाई टी-२० बिश्वकप एसिया छनौटको प्रारम्भिक टिममा राखिएन – कारण यस्तो

२०७५ आश्विन २, मंगलवार १९:००

rohit poudel
  • विकेटनेपाल, असोज २ – मङ्गलबार 

अक्टोबार ३ देखि मलेसियामा सुरु हुने टि -२० बिश्वकप छनौट एसिया ( पूर्वी ) प्रतियोगिताको लागि १८ सदस्यीय नेपाली टिमको घोषणा गरिएको छ।

१८ सदस्यीय प्रारम्भिक नेपाली टिम – पारस खड्का ( कप्तान ) , अनिल साह , बसन्त रेग्मी ,बिनोद भण्डारी, दिपेन्द्र ऐरि, दिपेश श्रेष्ठ, ज्ञानेन्द्र मल्ल, करन केसी, ललित भण्डारी, ललित राजबंशी, आरिफ शेख, प्रदिप ऐरि , सागर पुन, सन्दिप लामिछाने, शाहब आलम , शरद भेसावकर, सोमपाल कामि, सुनिल धमला

सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने ट्वान्टी-२० विश्वकपको उप-क्षेत्रिय छनौट प्रतियोगिता अन्तर्गत नेपालले अक्टोबर ३ तारिकमा म्यानमारसंग खेल्दैछ। यस्तै दोस्रो खेल मलेसिया बिरुद्ध अक्टोबर ६ तारिकमा, तेस्रो खेल अक्टोबर ७ तारिकमा थाइल्याण्ड बिरुद्ध, चौथो खेल अक्टोबर ९ तारिकमा भुटान बिरुद्ध, पाँचौ खेल अक्टोबर १० तारिकमा चिन बिरुद्ध र अन्तिम तथा छैठौं खेल अक्टोबर १२ तारिकमा सिंगापुर बिरुद्ध खेल्ने तालिका रहेको छ।

यस उप-क्षेत्रबाट शिर्ष ३ टोलि एसियाली क्षेत्रिय छनौट प्रतियोगिताका लागि अगाडी बढ्नेछन्। एसियाली क्षेत्रिय छनौट प्रतियोगिताका लागि यसअघि नै एसिया “ए” उप-क्षेत्रबाट ( पश्चिमी ) युएई, कुवेत र कतार छनौट भैसकेका छन्।

रोहित छैनन् प्रारम्भिक टिममा, कारण यस्तो 

प्रतियोगिताको लागि घोषित प्रारम्भिक नेपाली टिममा रोहित पौडेललाई समावेश गरीएको छैन। यस्तै यस अघि एसिया कप छनौटको प्रारम्भिक टिममा रहेका देब्रे हाते स्पिनर सुशन भारिलाई पनि प्रारम्भिक टिममा राखिएको छैन। सुशनको सट्टा अर्का देब्रे हाते स्पिनर शाहब आलमलाई स्थान दिईएको छ भने तिब्र गति बलर दिपेश श्रेष्ठले पनि मौका पाएका छन्।

Rohit Poudel
रोहित पौडेल ( Photo – Raman Shiwakoti )

रोहित पौडेललाई यो पटक राष्ट्रिय टिममा नराखी सेप्टेम्बर २९ देखि बंगलादेशमा सुरु हुने यु-१९ युथ एसिया कपको टिममा राखिएको छ। त्यसैले रोहित राष्ट्रिय टिममा स्थान बनाएपछि पहिलो पटक टिम बाहिर बस्नेछन्।

यस अघि यु-१९ राष्ट्रिय टिम प्रशिक्षक बिनोद दासले राष्ट्रिय टिममा नियमित खेलिरहने खेलाडीहरुलाई यु-१९ टिममा नराख्ने बताएपनि रोहितलाई भने यु-१९ टिममा फिर्ता बोलाईएको छ। यु-१९ टिमको कमजोर ब्याटिंग र टिममा सन्तुलन ल्याउनको लागि कदम चालिएको अनुमान गर्न सकिन्छ। यो बाहेक कमजोर प्रतिस्पर्धीहरु रहेका कारण समेत नेपालले पूर्वी क्षेत्र टि-२० छनौटमा नयाँ खेलाडीहरुलाई मौका दिन सक्ने समेत सम्भावना प्रबल मानिएको छ।

अर्कोतर्फ रोहितको फर्म पनि पछिल्लो समय खराब चलिरहेको छ जसकारण एसिया कप छनौटमा पनि उनलाई मात्र २ वटा खेल खेलाईएको थियो जसमा उनले खराब ब्याटिंग गरेका थिए। युएईसंग ९ र ओमान संग खाता नखोली आउट भएका पौडेलले त्यस अघि नेदरल्याण्डसंगको एकदिवसीय अन्तर्राष्ट्रियमा पनि मात्र ६ रन बनाएका थिए।

नेपाली यु १९ टिम युथ एसिया कपमा  भारत, अफगानिस्तान र युएई रहेको समुहमा छ। प्रतियोगिताको सुरुवात नेपालले सेप्टेम्बर २९ मा भारतसंग खेल्दै गर्नेछ भने अक्टोबर १ मा अफगानिस्तान र अक्टोबर २ मा युएईको सामना गर्नेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy