कथा रोहित पौडेलको, नवलपरासीको फुच्चेको बिश्वकिर्तिमान सम्मको यात्रा

Rohit Paudel
  • विकेटनेपाल, माघ-१३ , आइतबार 

युएईसंग एकदिवसीय सिरिज अन्तर्गत दोश्रो एकदिवसीयमा अर्धशतकीय इनिंग खेल्दै क्रिकेटका भगवान मानिने सचिन तेन्दुलकर र शाहिद अफ्रिदीको रेकर्ड तोडेका रोहित चर्चाको शिखरमा छन्।

पुरुष अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक पुरा गर्ने बिश्वकै कान्छो खेलाडी बन्ने बिश्व रेकर्ड कायम गरेका रोहितको जन्म देखिको कथा विकेटनेपाल बिशेषमा प्रस्तुत गरेका छौँ।

रोहितको जन्म 

रोहित पौडेलको जन्म सन् २००२ सेप्टेम्बर २ तारिकमा नवलपराशी जिल्लामा भएको थियो। रोहितले क्रिकेट खेल्न त्यही सुरु गरेका हुन् जहाँ उनले आफ्नो बाल्यकाल बिताए।

क्रिकेटको सुरुवात 

नवलपरासीमा रहंदा रोहितले टेनिस बल क्रिकेट खेल्न सुरु गरेका थिए। क्रिकेट भने पछि भुतुक्कै हुने उनले पढाई भन्दा क्रिकेटलाई बढी महत्व दिन थाले। क्रिकेट प्रति मरिहत्ते गरेको देखेपछि रोहितका पिता कुमार पौडेल र दाई राजु पौडेल जो आफै पनि क्रिकेटमा रुचि राख्थे उनीहरुले रोहितलाई प्रोत्साहन गरे। रोहितको रुचि र प्रतिभा देखेपछि परिवारले उनलाई काठमाडौँ क्रिकेट सिक्न पठाउने निर्णय गरेको थियो।

काठमाडौँमा रोहित  

क्रिकेट सिक्न काठमाडौँ पुगेका रोहित आफ्नो दिदी भिनाजुकोमा बसे र बालुवाटार क्रिकेट एकेडेमीमा भर्ना भएर क्रिकेट सिक्न थाले। बालुवाटार स्थित एकेडेमीमा रोहितले १ वर्ष कठिन मेहनत गरे। त्यसपछि रोहितले ३ महिना दिल्लीमा पनि क्रिकेट प्रशिक्षण लिए।

ट्यालेन्ट हन्ट हुँदै यु-१९ टिमको यात्रा 

२०१६ मा श्रीलंकामा सम्पन्न अन्डर-१९ एसिया कप प्रतियोगिताको लागि टिम छनौट गर्न देशभर ट्यालेन्ट हन्टको आयोजना गरिएको थियो। त्यसै क्रममा रोहित भैरहवामा आयोजित ‘ट्यालेन्ट हन्ट’ मा पुगे। प्रशिक्षक बिनोद दास र जगत टमाटाले रोहितको  प्रतिभा पहिलो पटक त्यहीं देखे।

रोहितको प्रतिभा देखे पछि उनलाई देशभरबाट चुनिएका ५२ खेलाडीको सुचीमा राखियो। भैरहवाबाट त्यसबेला रोहित संगै किशोर महतो, बिक्रम भुसाल, प्रकास केसी, शाहब आलम जस्ता खेलाडी ट्यालेन्ट हन्टबाट काठमाडौँ बन्दसत्रको लागि चुनिएका थिए।

अन्डर-१९ टिममा छनौट 

ट्यालेन्ट हन्टमा छनौट भएका ५२ खेलाडी मध्येबाट २४ जना र २४ बाट श्रीलंका जाने अन्डर-१९ राष्ट्रिय टिममा रोहित छनौट भए। ब्याटिंग, मिडियम पेस बलिङ्ग र फिल्डिंग मात्रै हैन बलियो आत्मविश्वास टिममा छनौट हुने आधार थियो।

भारत बिरुद्ध सानदार प्रदर्शन 

श्रीलंकामा सम्पन्न २०१६ डिसेम्बरमा आयोजित अन्डर-१९ एसिया कपमा नेपालले खेलेको पहिलो खेलमा रोहितलाई अन्तिम-११ मा राखीएन। रोहितको अनुपस्थितिमा श्रीलंकासंगको पहिलो खेल नेपालले १ रनले हारेको थियो।

भारतसंगको दोश्रो खेलमा भने रोहितले मौका पाए। कमजोर प्रदर्शन गर्ने क्रममा नेपालको स्कोर ८६/६ पुग्यो। आठौँ नम्बरमा ब्याटिंग गर्न आए रोहित पौडेल। भारतको उच्चस्तरीय बलिङ्ग बिरुद्ध रोहितले गजबको ब्याटिंग गरे। नेपाललाई राम्रो योगफलतर्फ डोर्याउन उनले अविजित ६८ रनको इनिंग खेल्ने क्रममा ९३ बलमा २ छक्का र ७ चौका प्रहार गरे। नेपालले ८६/६ ( २४.४ ओभर ) बाट पुरै ५० ओभर ब्याटिंग गर्दै ९ विकेट गुमाएर १७२ रनको योगफल तयार गर्यो। खेलमा नेपाल पराजित भए पनि रोहितले भने आफ्नो क्षमता पहिलो पटक प्रदर्शन गरे।

Rohit Paudel
Rohit Paudel

कमलेश नगरकोटीको ओभरमा रोहितको त्यो आक्रमण 

कमलेश नगरकोटी तिनै बलर हुन् जो गत वर्ष आईपीएलमा कोलकाता नाइट राइडर्समा ३.२ करोड भारतीय रुपैयाँमा बिक्रि भएका थिए। १५० सम्मको स्पिडमा बलिङ्ग गर्ने नगरकोटी जति उचाईमा पुगे पनि रोहित पौडेललाई भने सायद बिर्सनेछैनन्।

भारतसंग यु-१९ एसिया कपको खेलमा रोहित पौडेलले अविजित ६८ रन बनाउने क्रममा नगरकोटीले गरेको इनिंगको अन्तिम ओभरमा २४ रन बनाएका थिए। त्यस क्रममा रोहितले २ छक्का र ३ चौका प्रहार गरेका थिए। ओभरको पहिलो बलमा रन नबन्दा त्यसपछि दोश्रो बलमा छक्का, तेश्रोमा चौका, चौथोमा पुनः चौका, पाँचौमा छक्का र छैठौं बलमा चौका प्रहार गर्दै रोहितले नगरकोटीको सातो लिएका थिए।

एभरेस्ट प्रिमियर लिगमा शानदार प्रदर्शन 

यु-१९ टिमको प्रदर्शन पछि नेपाली घरेलु टि-२० क्रिकेट प्रतियोगिताहरुमा रोजाईमा पर्नु नौलो कुरा थिएन। २०१७ को एभरेस्ट प्रिमियर लिगमा रोहितले भैरहवा ग्ल्याडीएटर्सको लागि खेल्ने क्रममा ललितपुर प्याट्रिएट्ससंगको लिग चरणको खेलमा मेहबुब आलमको एकै ओभरमा १८ रन ( ३ चौका, १ छक्का ) प्रहार गर्दै टिमलाई अप्रत्यासित जित दिलाए। सोक्रममा उनले ११ बल ३१ रन बनाएका थिए। यस्तै ललितपुरसंगकै क्वालिफायर खेलमा रोहितले अन्तिम ओभरमा १३ रन जितको लागि आवस्यक हुँदा लगातार पहिलो ३ बलमा २ छक्का र १ रन लिंदै खेल जिताएका थिए।

Sompal Kami , Rohit Poudel
Sompal Kami , Rohit Poudel

राष्ट्रिय टिमको यात्रा 

नेपालले २०१७ मा खेलेको अन्डर-१९ बिश्व कप छनौट तथा अन्डर-१९ युथ एसिया कपमा रोहितले प्रतिनिधित्व गरे। यु-१९ एसिया कपमा नेपाल बंगलादेशसंग २ विकेटले पराजित हुँदा रोहितले शानदार ४० रनको इनिंग खेलेका थिए जुन क्रममा समस्यामा रहेको नेपालको इनिंगलाई सम्हालेका थिए। रोहितको त्यही क्षमताले उनलाई राष्ट्रिय टिमसम्म पनि सहजै डोर्यायो।

२०१८ फेब्रुअरीमा नेपालले नामिबियामा खेलेको आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा रोहितले नेपाली राष्ट्रिय टिमको लागि डेब्यु गर्ने मौका पाए। प्रतियोगिताको पहिलो खेलमै रोहितले नामिबियासंग डेब्यु क्याप लाउन पाए।

उक्त प्रतियोगितामा रोहितले केन्यासंगको खेल नेपाललाई  कठिन परिस्थितिमा ब्याटिंग गर्दै जिताएका थिए। १७८ रन लक्ष्य नेपालको स्कोर ८२/५ पुगीसकेको थियो। त्यस क्रममा रोहितले सातौँ नम्बरमा ब्याटिंग गर्दै ४७ रनको शानदार इनिंग खेलेका थिए भने आरिफ शेखसंग छैठौं विकेटको लागि ८७ रनको साझेदारी गरेका थिए।

Rohit Paudel receiving ODI Cap by Batting Consultant Sulakshan Kulkarni
Rohit Paudel receiving ODI Cap by Batting Consultant Sulakshan Kulkarni

रोहितको उडान 

नवलपरासी हुँदै काठमाडौँ र दिल्ली , भैरहवाको ट्यालेन्ट हन्ट हुँदै यु-१९ राष्ट्रिय टिमको यात्रा गरेका रोहितले त्यसपछि पछाडी फर्केर हेर्नु परेको छैन। कठिन परिस्थितिमा ब्याटिंग गर्न सक्ने अद्भुत क्षमता पाएका रोहित अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने बिश्वकै कान्छो खेलाडी बन्न सफल भएका छन्। सचिन तेन्दुलकर र शाहिद अफ्रिदी जस्ता खेलाडीहरुको २ दशक पुरानो रेकर्ड तोड्दै नेपालको नाम बिश्वमा उचो बनाएका रोहित आज बिश्वभर चर्चामा छन्। उनलाई आगामी करियरको लागि सुभकामना।

( सन्दर्भ श्रोत – नेपालखबर )





थप समाचार

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]