रोहितको कप्तानीमा १८ सदस्यीय प्रारम्भिक यू-१९ टोलीको घोषणा : यू-१९ विश्वकप – एसियन छनोट

  • विकेटनेपाल – १ चैत्र, शुक्रवार 

रोहित पौडेलले पहिलो पटक उन्नाईस बर्ष मुनिको राष्ट्रिय टोलीको कप्तानी गर्ने भएका छन्। यहि अप्रिल १० तारिकबाट मलेसियामा आयोजना हुने यु-१९ विश्वकपको एसियन छनोटका लागि शुक्रवार घोषित १८ सदस्यीय प्रारम्भिक टोलीको रोहित कप्तान बनेका हुन्।

यसअघि नै राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसकेका रोहितले कुनैपनि टोलीको कप्तानी गर्न लागेको यो पहिलो पटक हो। यसअघि टोलीको कप्तान रहेका आसिफ शेख अन्तिम १८ मा रहेपनि उनलाई कप्तानीको जिम्मेवारी भने दिइएको छैन।

Rohit Paudel
Rohit Paudel

शुक्रवार घोषित १८ सदस्यीय प्रारम्भिक टोलीमा कप्तान रोहित पौडेलसंगै, आसिफ शेख, पवन सर्राफ, सुन्दिप जोरा, भिम शार्की, रबि कुमार साह, रित गौतम, कमल सिंह ऐरी, राशिद खान, सागर ढकाल, अविशेक बस्नेत, कुशल मल्ल, हरि बहादुर चौहान, प्रतिष जिसी, आकाश चन्द, सुर्य तामांग, लोकेश बम र शेर मल्ल रहेका छन्।

घोषति १८ सदस्यीय टोलि शनिवार दिउँसो २:४० बजे भारतको आन्द्र अभ्यास भ्रमणमा जाने तालिका रहेको राष्ट्रिय टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए। भारतको अभ्यास भ्रमणपछि प्रतियोगितामा सहभागी हुने अन्तिम १४ खेलाडीको टुंगो लाग्नेछ।

Apurva Desai
Apurva Desai

अपूर्व देशाई ब्याटिंग कन्सल्टेन्ट : 

यसअघि राष्ट्रिय टोलीको ब्याटिंग प्रशिक्षकका रुपमा नेपाल आइसकेका अपुर्व देशाईले मलेसियामा हुने प्रतियोगितामा यु-१९ टोलीको ब्याटिंग कन्सल्टेन्टको रुपमा काम गर्ने भएका छन्। देशाईले नेपाली टोलीलाई भारतमा नै भेट्ने छन्।

मुख्य प्रशिक्षक बिनोद दाससंगै नेपाली टोलीको अफिसियलमा फिजियो बिक्रम न्यौपाने, एनालिस्ट सुरज शाक्य र ट्रेनर सुबाश पात्रो रहेका छन्। पात्रो र देशाई दुवै हाल भारतमा रहेकाले, दुबैले भारतमा नै टोलीसंग भेट्ने तालिका रहेको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy