कान्छो रोहितले यसरी मनाए जन्मदिन

  • विकेटनेपाल, भदौ १७ 

नेपाली रास्ट्रिय क्रिकेट टिमका कान्छा सदस्य रोहित पौडेल आइतबार १६ बर्ष पुरा भएर १७ बर्षमा प्रवेश गरेका छन्। एसिया कप छनौट खेल्न मलेसियामा रहेका रोहितले नेपाली टिमसंगै आफ्नो जन्मदिन मनाएका छन्।

सामाजिक संजालमा नेपाली टिमका सदस्यहरुले पौडेलसंग जन्मदिन मनाएको तस्बिर पोस्ट गर्दै सुभकामना दिएका छन्। सन्दिप लामिछानेले रोहितसंगको तस्बिर राख्दै जीवनमा चाहेको कुरा पुगोस् भनेका छन् भने सोमपाल कामि, करन केसी, अनिल  साह लगायतले पौडेललाई सुभकामना दिएका छन्।

रोहितले यसै बर्ष फेब्रुअरीमा नामिबियामा सम्पन्न डिभिजन-२ मा नेपालको लागि डेब्यु गरेका थिए भने त्यसअघि सन् २०१६ को यु-१९ एसिया कपमा १९ बर्ष मुनि टिममा खेलेका थिए।

को हुन् रोहित ? 

रोहित पौडेल अन्डर-१९ समुहबाट उदाएका खेलाडी हुन्। सन् २०१६ को अन्डर-१९ एसिया कपका लागि खेलाडी छनोट गर्न आयोजित ट्यालेन्ट हन्टबाट राष्ट्रिय टोलिसम्मको बाटो बनाएका रोहित एक कुशल ब्याट्सम्यान हुन् भने मिडियम पेस बलिंग र राम्रो फिल्डिंग समेत गर्नेगर्छन्।

सन् २०१६ को अन्डर १९ एसिया कपमा भारत बिरुद्ध उनले आक्रामक ब्याटिंग गर्दै रोहितले ६८ रन जोडेका थिए। त्यस खेलमा रोहितले भारतीय बलर कमलेश नगरकोटीको अन्तिम ओभरमा २ छक्का र ३ चौका प्रहार गर्दै २४ रन हिर्काएका थिए।

Rohit Paudel receiving ODI Cap by Batting Consultant Sulakshan Kulkarni
Rohit Paudel receiving ODI Cap by Batting Consultant Sulakshan Kulkarni

नेपालले गत महिना नेदरल्याण्डसंग गरेको एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका रोहित डेब्यु गर्ने इतिहासकै चौथो कान्छा खेलाडी बनेका थिए। डेब्यु गर्दा उनको उमेर १५ बर्ष ३३५ दिन थियो।

नामिबियामा यसरी बर्ष फेब्रुअरीमा भएको डिभिजन-२ मा नेपाली टिमको लागि डेब्यु गरेका रोहितले सानो उमेरमै नेपाली क्रिकेट टिममा छाप छोड्न सफल भएका छन् । उनलाई विकेटनेपालकोतर्फबाट जन्मदिनको सुभकामना।

 





थप समाचार

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने 

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता विराटनगर महानगरपालिका वडा नम्बर–६ को आयोजना हुने भएको छ । […]

नेपालको सुपर थ्रीको सम्भावना कायमै

काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा नरहने

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने भएका छन्। बुधबार सामाजिक सञ्जालमा उनले उक्त […]

बेलायत जाने नेपाली टोलीको बिदाइ

काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]

नेपाल हङकङसँग पराजित

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]

शनिबारदेखि पुनः सुरु हुँदै आईपीएल

काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि पुनः सुरु […]