रोहितआबद्ध नेसनल्सको दोस्रो खेल आईतबार

२०८१ श्रावण १२, शनिबार ११:३९

काठमाडौं । क्यानडामा जारी ग्लोबल टी-२० लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलआबद्ध टोरोन्टो नेसनल्सको दोस्रो खेल आईतबार रहेको छ ।

टारोन्टोले दोस्रो खेलमा ब्रैम्प्टन वुल्भ्ससँग खेल्दैछ । यि दुईबीचको खेल क्यानडाको सीएए सेन्टर, ब्राम्पटनमा नेपाली समय अनुसार आईतबार बिहान पौने दुईबाट सुरु हुदैछ ।

ढिला क्यानडा पुगेको कारण पहिलो खेल गुमाएका नेपाली कप्तान पौडेलको टिमले भोली (आईतबार) बिहान आफ्नो दोस्रो खेल खेल्दैछ । पौडेलआबद्ध टोरोन्टो नेसनल्सले दोस्रो खेलमा ब्रैम्प्टन वुल्भ्ससामना गर्दैछ । नेसनल्स र वुल्भ्सबीचको खेल आईतबार बिहान पौने दुईमा सुरु हुनेछ ।

पहिलो खेलमा भेनकुवर नाईट्सलाई पराजित गरेको नेसनल्स जितको लयलाई निरन्तरता दिन चाहन्छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy