पपुवा न्यु गिनी बिरुद्ध ओमानमा जारि दोश्रो एकदिवसीय अन्तर्राष्ट्रियमा उत्कृस्ट ब्याटिंग गरेका रोहित पौडेलले बिभिन्न नयाँ कीर्तिमान बनाएका छन्। खेलमा नेपालले टस जितेर ब्याटिंग गर्दै ४९.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर २३३ रन बनाउदा रोहितले सर्वाधिक योगदान दिने क्रममा ८६ रन बनाए जुन क्रममा १२३ बलमा २ चौका र ३ छक्का प्रहार गरे। इनिंग्सको क्रममा रोहितले बिभिन्न कीर्तिमान आफ्नो नाम गरेका छन् जसलाई यहाँ प्रस्तुत गरेका छौँ –
१. रोहितले बनाएको ८६ रन नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोश्रो उच्च व्यक्तिगत स्कोर हो। सोमपाल कामिको ६१ रनको स्कोरलाई उछिन्दै उनले यो कीर्तिमान बनाएका हुन्। पूर्व कप्तान पारस खड्का नेपालको उच्च व्यक्तिगत रन बनाउने ब्याट्सम्यान हुन् जसले २०१९ मा युएई बिरुद्ध ११५ रन बनाएका थिए।
२. चौथों नम्बरमा ब्याटिंग गरेका रोहित एकदिवसीय अन्तर्राष्ट्रियमा चौथों नम्बरमा ब्याटिंग गर्दै नेपालको उच्च व्यक्तिगत स्कोर बनाउने ब्याट्सम्यान बनेका छन्। यस क्रममा उनले यस क्रममा पारस खड्काको रेकर्ड तोडेका हुन्। पारसले २०१८ मा नेदरल्याण्ड बिरुद्ध चौथों नम्बरमा ब्याटिंग गर्दै ५१ रन बनाएका थिए। पारस र रोहित बाहेक चौथों नम्बरमा ब्याटिंग गर्दै एकदिवसीय अन्तर्राष्ट्रियमा अन्य नेपाली ब्याट्सम्यानले अर्धशतक बनाएका छैनन्।
३. रोहित र ज्ञानेन्द्र मल्ल बीच तेश्रो विकेटको लागि ८९ रनको साझेदारी कुनै पनि विकेटको लागि नेपालको एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक साझेदारी हो। यस अघि कुशल मल्ल र बिनोद भण्डारी बीच गत वर्ष अमेरिका बिरुद्ध छैठौं विकेटको लागि भएको ८४ रनको साझेदारी सर्वाधिक साझेदारी थियो जुन रेकर्ड रोहित र ज्ञानेन्द्रले तोडेका हुन्। यस्तै सातौँ विकेटको लागि रोहित र करन केसी बीच भएको ६६ रनको साझेदारी सातौँ विकेटको लागि नेपालको सर्वाधिक साझेदारी हो भने समाग्रमा कुनै पनि विकेटको लागि चौथों ठूलो साझेदारी हो।
४. पपुवा न्यु गिनीसंग ८६ रन बनाउने क्रममा रोहितले कुल १२३ बल खेलेका थिए। कुनै पनि नेपाली ब्याट्सम्यानले एकदिवसीय अन्तर्राष्ट्रियको एकै इनिंग्समा खेलेको यो सर्वाधिक बल हो। यस अघि पारस खड्काले युएई बिरुद्ध २०१९ मा शतक बनाउने क्रममा १०९ बल खेलेका थिए। तेश्रो धेरै शरद भेसावकरले ओमान बिरुद्ध गत वर्ष ५५ रन बनाउने क्रममा १०८ बल खेलेका थिए।
५. रोहितले पपुवा न्यु गिनी बिरुद्ध पहिलो खेलमा ४१ तथा दोश्रो खेलमा ८६ रन बनाउदै २ खेलमा कुल १२७ रन बनाएका छन्। रोहित एकै सिरिजमा नेपालको दोश्रो सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका छन्। एक सिरिजमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान पारस खड्का हुन् जसले युएई बिरुद्ध २०१९ एकदिवसीय सिरिजमा ३ खेलमा १५६ रन बनाएका थिए। रोहित दोश्रो स्थानमा पुग्ने क्रममा बिनोद भण्डारीलाई पछि पारेका हुन्। भण्डारीले गत वर्ष ओमान र अमेरका बिरुद्ध विश्वकप लिग-२ अन्तर्गतको सिरिजमा ४ खेलमा १२० रन बनाएका थिए।
६. रोहित एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको तेश्रो सर्वाधिक रनकर्ता बनेका छन्। सोमपाल कामि ( १७९ रन ) लाई पछि पारेका रोहितले ७ खेलमा कुल २१३ रन बनाएका छन्। रोहित भन्दा अघि १० खेलमा ३१५ रन बनाएका पारस खड्का र १२ खेलमा २७३ रन बनाएका ज्ञानेन्द्र मल्ल रहेका छन्।
७. पपुवा न्यु गिनी बिरुद्ध करीयरको दोश्रो अर्धशतक पुरा गरेका रोहित नेपालको लागि २ पटक ५० माथिको व्यक्तिगत स्कोर बनाउने तेश्रो ब्याट्सम्यान बनेका छन्। यस अघि पारस खड्का र ज्ञानेन्द्र मल्लले समान २ पटक अर्धशतक माथिको स्कोर बनाएका छन्। रोहितले पहिलो अर्धशतक युएई बिरुद्ध २०१९ मा बनाएका थिए।
