रोहित शर्मासंग मनमुटावको हल्ला बारे पहिलो पटक बोले कोहली

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र उप-कप्तान रोहित शर्मा बीच पछिल्लो समय मनमुटाव रहेको चर्चा भारतीय मिडियामा चलेको थियो।  भारतले वेस्ट इन्डिज भ्रमणमा जानुअघि सोमबार आयोजित पत्रकार सम्मेलनमा यसबारे पहिलो पटक बोलेका हुन्।

कोहलीले आफु र रोहित शर्माबीच कुनैपनि किसिमको दरार नभएको बताएका छन्।

भारत विश्वकपको सेमिफाइनलमा न्युजिल्यान्डसँग पराजित भएर बाहिरिएपछी भारतका विभिन्न मिडियामा विराट कोहली र रोहित शर्माको सम्बन्धमा बाधा आएको बताएका थिए। भारतले फाइनल प्रवेशको लागि पाएको २३९ रनको लक्ष्य भेटाउन नसकेपछि न्युजिल्यान्डसँग पराजित भएको थियो। उक्त खेलमा टिमका शिर्ष ३ खेलाडी रोहित शर्मा, विराट कोहली र लोकेश राहुल समान १ रनको स्कोरमा आउट भएका थिए।

विश्वकपमा उपाधी दाबेदारको रुपमा रहेको भारत सेमिफाइनल बाटै बाहिरिएपछी विराट कोहलीलाई कप्तानबाट हटाउनुपर्ने भन्दै सबैतिरबाट दबाब आएको थियो। कोहलीले आइपिएलमा ८ बर्ष कप्तानी गर्दापनि टिमलाई उपाधी जिताउन नसकेको तर रोहितले अहिलेसम्म ४ पटक उपाधी जिताएको भन्दै रोहितलाई लिमिटेड ओभरको कप्तान बनाउनुपर्ने कुरा उठेका थिए।

यस बिषयमा उठेका प्रश्नमा कोहलीले आफुदुई खेलाडी बिचको सम्बन्धको बारेमा आएका समाचार झुटा रहेका बताएका छन्। उनले भनेका छन्, “पछिल्लो साढे दुई बर्षमा हामीले जुन किसिमको क्रिकेट खेलेका छौँ यसैबाट प्रमाणित हुनुपर्ने हो हामिबिचको सम्बन्ध, जब मैले मिडियाको फेस गरेको हुन्छ तब रोहितको प्रशंसा गरेको हुन्छु किनकी उनि त्यसको लायक छन्। यदि सम्बन्ध नै खराब हुन्छ भने कसरी टिमको प्रदर्शन यति बलियो हुन्छ?”

Photo by Andy Kearns/Getty Images

यस्तै उनले थपेका छन्, “रोहितसँग मात्र हैन युवा खेलाडी कुलदीप यादव र सिनियर खेलाडी महेन्द्र सिंह धोनी सँग पनि हामीले रमाइलो गरिरहेका हुन्छौं। सबै बाहिर आएका कुराहरु भ्रममात्र हुन्। ”

“पछिल्लो केहि समयमा हामिले टिमलाई नम्बर ७ टेस्ट वरियताबाट १ मा ल्याउन अथवा एकदिवसीय र टि-२० मा निरन्तरको सफल प्रदर्शनलाई एउटा खेलको हारले यसरि बिर्साइदिएको छ। हामिले सेमिफाइनल भन्दा अगाडी पनि विश्वकपमा राम्रो प्रदर्शन गरेका थियौं तर उक्त दिनमा राम्रो खेलेको टिमसँग हार्यौं। फाइनलमा पुगेको र उपाधी पनि जितेको भए अझ गर्वको कुरा हुन्थ्यो, तर पछिल्लो ४ वर्षमा त्यहाँ पुग्नलाई गरेको मिहिनेत पनि बिर्सिन हुँदैन” – उनले भनेका छन्।

यदि कोहली र रोहितको बिचमा राम्रो सम्बन्ध रहेको छ भने उनिहरुले आगामी वेस्ट इन्डिज सिरिजमा मैदानमा देखिने वातारणले पुष्टी गर्नेछ, किनकी यसपल्ट विराट कोहलीलाई सपोर्ट गर्नको लागि महेन्द्र सिंह धोनी हुने छैनन्। तर प्रेस कन्फेरेन्समा आएर कुनैपनि कप्तानले हामिबिचको सम्बन्ध बिग्रेको छ भन्न सक्दैन र सुहाउँदैन पनि।

भारतीय टिमले वेस्ट इन्डिजमा अगस्ट ३ देखि सुरु हुने गरि समान ३/३ टि२० र एकदिवसीय खेल खेल्नेछ भने २ टेस्ट खेल खेल्नेछ।

 





थप समाचार

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]

अध्यक्ष गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पारित

काठमाडौं । लुम्बिनी क्रिकेट प्रदेश संघका अध्यक्ष सञ्जय गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ। कपिलबस्तुकाे ताैलिहवामा शनिबार सम्पन्न प्रदेश […]