रोहित शर्माले बनाए दोहोरो शतक, भारत बलियो स्थितिमा

दक्षिण अफ्रीका बिरुद्दको तेस्रो तथा अन्तिम टेस्टमा भारतका ओपनर ब्याट्सम्यान रोहित शर्माले दोहोरो शतक बनाएका छन् । उनको दोहोरो शतकसंगै भारत बलियो स्थितिमा देखिएको छ ।

यसअघि भएका दुवै टेस्टमा जित निकालेको भारतले तेस्रो टेस्टमा टस जितेर पहिले ब्याटिंग रोजेको थियो । दोश्रो दिन चलिरहँदा भारतले ६ विकेट गुमाएर ४१७ रनको योगफल तयार पारिसकेको छ ।

एकदिवसीय करियरमा ३ दोहोरो शतक बनाएका रोहितले टेस्टमा पहिलो दोहोरो शतक बनाउनेक्रममा २१७ रन बनाए । २५५ बलमा २८ चौका र ६ छक्का प्रहार गरेका उनि ३७० रनको योगफलमा पाचौं विकेटको रुपमा रबाडाद्वारा आउट भए । रविन्द्र जडेजासंग ४७ रनको साझेदारी गरेपछि २४ रन बनाएर रिद्धिमान शाहपनि आउट भए ।

यसअघि मयंक अग्रवाल १० रन, चेतेश्वर पुजारा शुन्य र विराट कोहली १२ रनमा आउट भएपछी भारत ३९/३ को स्थितिमा पुगेको थियो । त्यसपछि रोहितले अजिंक्या रहानेसंग मिलेर चौथो विकेटको लागि २६७ रनको साझेदारी गरे । रहानेले ११५ रन बनाउन १७ चौका र १ छक्का हाने ।

अहिले क्रिजमा रविन्द्र जडेजा ३२ रन र रविचन्द्रन आश्विन २ रन बनाएर ब्याटिङ्ग गरिरहेका छन् ।

दक्षिण अफ्रिकाका लागि कागीसो रबाडाले ८५ रन खर्चेर ३ विकेट तथा जर्ज लिंडेले २ र एन्रिच नोर्त्जले १ विकेट लिएका छन् ।





थप समाचार

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]

दिल्लीको पहिलो हार

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई […]