रोहित शर्मा चम्किँदा मुम्बईको पहिलो जित

  • विकेटनेपाल, बैशाख ५ – बुधबार

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराती भएको खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेंजर्स बेंगलोरलाई ४६ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । मुम्बईले यसअघि खेलेका ३ खेलमा पराजय व्यहोरेको थियो भने बेंगलोरले ३ खेलमा १ मा जित हात पारेको थियो ।

टस हारेको पहिले ब्याटिंग गरेको घरेलु टिम मुम्बई इन्डियन्सले २० ओभरको समाप्तीमा ६ विकेट गुमाएर २१३ रन बनाएको थियो। बेंगलोरका बलर उमेश यादवले पहिलो दुई बलमा २ विकेट लिएपछि ०/२ को अवस्थामा रहेको मुम्बईले त्यसपछि उत्कृस्ट ब्याटिंग गरेको थियो। तेस्रो विकेटको रोहित शर्माले ९४ रन (५२ बल, १० चौका, ५ छक्का) र इभान लुइसले ६५ रन (४२ बल, ६ चौका, ५ चौका) को पारि खेल्दै १०८ रनको साझेदारी गरे, लुइस आउट भएपछी रोहितले आक्रमण जारि राखेका थिए तर शतक बनाउनबाट भने थोरैले चुके। अन्त्यमा हार्दिक पान्ड्यले ५ बलमा १ चौका र २ छक्का सहित १७ रन प्रहार गरे ।

बलिंगतर्फ सबै बलर महँगो साबित भएको इनिंगमा उमेश यादवले ३६ रन खर्चेर तथा कोरी एण्डरसनले ४७ रन खर्चेर समान २/२ विकेट हात पारे भने क्रिस वोक्सले १ विकेट लिए ।

जवाफमा ब्याटिंगमा उत्रेको बेंगलोरले २० ओभरमा ८ विकेट गुमाउंदै १६७ रन मात्र बनाउन सक्यो । पाहुना टिमले ४ ओभरमा ४० रनको उत्कृस्ट ओपनिंग गरेको थियो तर त्यसपछि क्विन्टन डी कक १९ तथा एबि डी भिल्लियर्स १ रनमा आउट भएपछी लय गुमायो। उसका लागि कप्तान विराट कोहलीले अविजित ९२ रन बनाउनेक्रममा ६२ बलमा ७ चौका र ४ छक्का प्रहार गरेपनि जितको लागि पर्याप्त हुन सकेन।

बेंगलोरको इनिंगको पहिलो बल सामना गरेका कोहलीले अन्तिम बल पनि सामना गरेका थिए ।

मुम्बईका लागि क्रुनाल पान्ड्यले ३ विकेट लिन २८ रन खर्चेर भने मिचेल मेक्लेनेघनले २४ तथा जस्प्रित बुम्राहले २८ रन खर्चेर समान २ विकेट लिए । रोहित शर्मा म्यान अफ द म्याच घोषित भए।

अंकतालिका





थप समाचार

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]

सोमपाललाई चन्द्रकोटले सम्मान गर्ने

गुल्मी, चैत ७ गते । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई सम्मान गर्ने भएको छ […]

लुम्बिनी सरकारले रोहित सहित ६ खेलाडीलाई सम्मान गर्ने

लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्ने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले आगामी वर्ष […]

किङ्सटन रनिङ सिल्ड : क्याम बेस्ट–११ विजयी

काठमाडौं, चैत ६ – क्याम बेस्ट–११ ले दोस्रो संस्करणको किङ्सटन रनिङ सिल्डमा सोमबार जेनएक्स–११ लाई ३ ले हराउँदै विजयी सुरुआत […]

आसिफले पाए सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड

सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड–२०२२ नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले जितेका छन् । मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले […]