रोहित र सन्दिपको अर्धशतक तथा कमलको विस्फोटक इनिंग, नेपालले बनायो २७६ रन

  • विकेटनेपाल, चैत-६ , बुधबार 

अप्रिल १० देखि २० तारिकसम्म मलेसियामा आयोजना हुने आईसीसी अन्डर यु-१९ विश्वकप छनौट प्रतियोगिताको तयारी स्वरूप भारत भ्रमणमा रहेको नेपाली अन्डर-१९ क्रिकेट टिमले पहिलो अभ्यास खेलमा आन्द्रा स्टेट अन्डर-१९ क्रिकेट टिमको सामना गरिरहेको छ।

खेलमा पहिले ब्याटिंग गरेको नेपालले ५० ओभरको खेलमा ४८ ओभरमा सबै विकेट गुमाउदै २७६ रनको योगफल तयार गरेको छ र २७७ रनको लक्ष्य आन्द्रा स्टेट यु-१९ टिमलाई प्रस्तुत गरेको छ।

कमजोर सुरुवात गरेको नेपालले ४९ रन बनाउदा पहिलो ४ विकेट गुमाउन पुगेको थियो। ओपनर रित गौतम ५ रन, पवन सर्राफ ४ रन, आसिफ शेख ९ रन तथा रभी शाह ५ रन बनाएर आउट हुन पुगेका थिए।

Rohit Paudel
Rohit Paudel

पाँचौ विकेटको लागि कप्तान रोहित पौडेल र सन्दिप जोराले शतकीय साझेदारी गर्दै टिमलाई ठुलो योगफलतर्फ डोर्याएका थिए। १४५ रनको साझेदारी पछि सन्दिप ६९ रन बनाएर आउट हुन पुग्दा टुटेको थियो। जोराले ६४ बलमा ६ छक्का र २ चौका प्रहार गरे।

सन्दिपको विकेट पछि एउटा किनार सम्हालीरहेका रोहित पौडेललाई अन्य ब्याट्सम्यानले राम्रो साथ दिन सकेनन्। लोकेस बम ५ रन, कुशल मल्ल १७ रन बनाएर आउट हुन पुगे।

त्यसपछि रोहित पनि आठौँ विकेटको रुपमा ७९ रन बनाएर आउट हुन पुगे। पौडेलले ११६ बलमा ६ चौका र १ छक्का प्रहार गरे।

Sundeep Jora

तल्लो क्रममा कमल सिंह ऐरीले आक्रामक इनिंग खेल्दै २५ बलमा ४४ रन बनाउदै टिमको योगफल २५० कटाएका थिए। ऐरीले २ चौका र ५ छक्का प्रहार गरे।

कमलले ४८ औं ओभरमा लगातार ५ छक्का प्रहार गरेका थिए र सोहि ओभरको अन्तिम बलमा विकेट गुमाएका थिए।

४८ ओभरमा नेपालले सबै विकेट गुमाएर २७६ रनको योगफल तयार गर्यो र २७७ रनको लक्ष्य प्रस्तुत गर्यो।

आन्द्राको लागि बलिंगमा तेजस्वाईले सर्वाधिक ४ विकेट ( १०-०-४१-४ ) तथा श्रीकर्साई रेड्डीले र भेंकटेसले २/२ विकेट हात पारे। नेपालले ३२ रन अतिरिक्तको रुपमा प्राप्त गर्यो।

भ्रमण अन्तर्गत नेपालले कुल ४ वटा अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ ।

नेपालको अन्तिम ११ – रोहित पौडेल ( कप्तान ) , रभी शाह, रित गौतम , पवन सर्राफ, आसिफ शेख,, सन्दिप जोरा , लोकेस बम , कुशल मल्ल , रासिद खान, सागर ढकाल, कमल सिंह ऐरी, प्रतिस जिसी

 





थप समाचार

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]

क्रिकेट एक्सिलेन्स सेन्टर च्याम्पियन

काठमाडौं। ऋत गौतमको शतकीय इनिङ्ससँगै क्रिकेट एक्सिलेन्स सेन्टरले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोट जितेको छ। आइतबार सम्पन्न खेलमा […]

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनकासा) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]