टोरोन्टो फेरी पराजित

काठमाडौं । क्यानडा टि ट्वान्टी लिगमा नेपाली कप्तान रोहित कुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्स लगातार दोस्रो खेलमा पराजित भएको छ ।

क्यानडामा मंगलबार भएको खेलमा बंग्ला टाइगर्ससँग टोरोन्टो नेसनल्स २ रनले पराजित भएको हो । टाईगर्सले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको नेसनल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६६ रन मात्र बनाउँन सक्यो ।

टोरोन्टोका लागि निकोलस किर्तनले ५४ बलमा सर्वाधिक ७४ रन बनाए । रोमारियो शेफर्डले अविजित २४, कप्तान कोलिन मुनरो र रोस्टन चेसले समान १७ रन बनाए । बंग्लाका लागि अलि खानले २ तथा डिबिड विजे, सरिफुल स्लाम, साकिब अल हसन र इफ्तिखार अहमदले समान १ विकेट लिए । टोरोन्टोमा आबद्ध भएका नेपाली कप्तान रोहित भने यस खेलमा बेन्चमा रहेका थिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंग्लाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६८ रन बनायो । बंग्लाका लागि लागि डेबिड विजेले १७ बलमा अविजित रुपमा सर्वाधिक ३८ रन बनाए । ओपनर मोहम्मद वासिमले १८ बलमा २७, कप्तान साकिब अल हसन र ओपनर रहमानउल्लाह गुर्बाजले समान २४ रन बनाए ।

टोरोन्टोका लागि रोमारियो शेफर्ड र साद विन जाफरले समान २ तथा मोहम्मद नवाज, मोहम्मद रोहिद र जुनैद सिद्धिकीले समान १ विकेट लिए ।

लगातार दोस्रो हार ब्यहोरेको टोरोन्टो ४ अंकका साथ दोस्रो स्थानमा कायमै छ ।





थप समाचार

अर्जुन ट्रफीको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा धनगढी र डडेल्धुरा भिड्ने

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरमाथि आर्मीको जित

काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मीले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सुपर फोरको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई […]

केसीए यु–१४ क्रिकेट शुक्रबारदेखि, बिजेतालाई ५० हजार

काठमाडौँ । काठमाडौँ क्रिकेट एकेडेमीको आयोजनामा हुने केसिए यु–१४ क्रिकेट प्रतियोगिता शुक्रबार ११ गतेदेखि २२ गतेसम्म हुने भएको छ। प्रतियोगितामा […]

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]