काठमाडौं । क्यानडामा जारी चौथो संस्करणको ग्लोबल टि-ट्वान्टी लिगमा नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्स पराजित भएको छ । सोमबार बिहान भएको खेलमा नेसनल्स सरे ज्याकवार्ससँग पराजित भएको हो ।
सरेले नेसनल्समाथि ८० रनको फराकिलो जित हात पार्यो । यस संस्करणको तेस्रो खेलमा नेसनल्सको यो पहिलो हार हो । सुर्रेले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको टोरोन्टोले १७.१ ओभरमा अल आउट हुदै ८१ रन बनायो । नेसनल्सका लागि ओपनर उन्मुक्त चन्दले १७ बलमा सर्वाधिक २१ रन बनाए ।
यस खेलमा ब्याटिङको मौका पाएका नेपाली कप्तान रोहितले २५ बलमा १० रन बनाएका थिए । रासि भान डार डुसेनले २१ बलमा १५ तथा निकोलस किर्तनले ९ बलमा ११ रन बनाए ।
सर्रेका लागि सुनिल नारायण र मार्कस स्टोईनेसले समान ३ विकेट लिए ।
https://www.youtube.com/watch?v=HWqRCe7cHsg
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सर्रेले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो ।
सर्रेका लागि कप्तान मार्कस स्टोईनेसले ३७ बलमा सर्वाधिक ५७ रन बनाए । विरनदिप सिंहले २३, कायल मेयर्सले २७, ब्रेन्डन म्याकमुलनले १८ तथा मोहम्मद नाबीले १३ रन बनाए ।
टोरोन्टोका लागि मोहम्मद रोहिड र जुनैद सिद्धिकीले समान २ तथा रोमासियो शेफर्डले १ विकेट लिए ।
नेसनल्सको अर्को खेल मंगलबार रहेको छ ।