रोहित शर्माको लागि आजको दिन अहम

भारतीय क्रिकेट टिमका ओपनर रोहित शर्माको लागि आज ( डिसेम्बर ११ ) को दिन अहम रहेको छ। भारतीय टिम हाल अस्ट्रेलिया भ्रमणमा रहेको छ जहाँ दुवै देशले एकदिवसीय र टि-२० सिरिज खेलीसकेको छ। दुवै सिरिजमा रोहित शर्माको कमि टिमले महसुस गरेको थियो। १७ डिसेम्बरबाट दुई देश बीच ४ वटा टेस्ट म्याचको सिरिज सुरु हुँदैछ। त्यस अघि आज रोहित शर्माको फिटनेस टेस्ट हुँदैछ जसले टेस्ट सिरिजमा रोहितको भविष्य निर्धारण गर्नेछ।

अस्ट्रेलिया टुरमा जानको लागि रोहितको आज भारत, बैंगलोर स्थित नेसनल क्रिकेट एकेडेमी ( एनसीए ) मा फिटनेस टेस्ट हुनेछ। युएईमा खेलिएको आईपीएलको दौरान रोहितलाई ह्यामस्ट्रिंग समस्या भएको थियो। एनसीएमा हुने फिटनेस टेस्ट पछि थाहा हुनेछ कि रोहित उक्त समस्याबाट बाहिर आएका छन् या छैनन्। फिटनेस टेस्ट पास गरेमा मात्र रोहित अस्ट्रेलिया भ्रमणमा जान पाउनेछन्।

रोहित आज फिट घोषित भए उनि अस्ट्रेलिया बिरुद्ध टेस्ट सिरिजको अन्तिम दुई खेलमा भारतीय टिमको हिस्सा हुन सक्नेछन्। रोहित पहिलो दुई खेलबाट भने बाहिर छन्।

भारतीय कप्तान बिराट कोहली सिरिजको पहिलो टेस्ट खेलेपछि भारत फर्किनेछन्। यस्तोमा कोहलीको स्थान परिपूर्तिका लागि तथा ओपनिंग स्थानलाई बलियो बनाउनको लागि भारतीय टिम रोहितको उपस्थिति चाहन्छ।

रोहित यस अघि अस्ट्रेलिया टुरको तिन वटै फर्म्याटबाट बाहिर थिए। तर पछि उनको आईपीएलको फिटनेसको आधारमा टेस्ट टिममा भने स्थान दिईएको थियो। तर, फिटनेसको कारणए भने उनलाई पहिलो दुई खेलबाट बाहिर राखिएको थियो। अब रोहितले फिटनेस टेस्ट पास गरेको खण्डमा भारतीय क्रिकेट बोर्डले उनको क्वारेन्टाइन अवधि कम गर्नको लागि क्रिकेट अस्ट्रेलियासंग पहल गर्न सक्छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy