कुशल र रोहित चम्किंदा आर्मीको दोश्रो जित

रोहित पौडेलले उत्कृस्ट लय जारि राख्दा बंगलादेशको ट्यालेन्ट हन्ट क्रिकेट एकेडेमीलाई ८ विकेटले पराजित गर्दै नेपाल आर्मी क्लबले भैरहवामा जारी प्रो-क्लब च्याम्पियनसिप दोश्रो जित दर्ता गरेको छ।

सिद्धार्थ रंगशालामा सम्पन्न खेलमा ट्यालेन्ट हन्ट क्रिकेट एकेडेमीले दिएको ९७ रनको सामान्य लक्ष्य आर्मीले १४ ओभरमा २ विकेट क्षतिमा भेटायो।

स्कोरकार्ड, अंकतालिका 

आर्मीको लागि रोहित पौडेलले सर्वाधिक ४१ रन बनाए जुन क्रममा २६ बलमा ५ चौका र १ छक्का प्रहार गरे। रोहितले अघिल्लो खेलमा एपीएफ बिरुद्ध अविजित ८० रन बनाएका थिए। हरि चौहानले २५ तथा भिम शार्कीले अविजित १४ रन बनाए। रोहित र भिमले दोश्रो विकेटको लागि ६३ रनको साझेदारी गरे।

टस जितेर ब्याटिंग गरेको ट्यालेन्ट हन्ट एकेडेमीले २० ओभरमा ८ विकेट क्षेतीमा ९६ रन बनाएको थियो। उसको लागि अबिदुर कैफले सर्वाधिक २३, उत्तम मगरले १६ तथा मोहम्मद मोशर्रफले १५ रन बनाए।

आर्मीको बलिंगमा देब्रे हाते स्पिनर कुशल मल्लले ३ विकेट, सुशन भारि र सोमपाल कामिले २/२ विकेट तथा शाहब आलमले १ विकेट लिए।

दोश्रो जित पछि आर्मी ४ अंकका साथ समुह ‘बि’ को शिर्षमा छ। ट्यालेन्ट हन्ट एकेडमी दोश्रो हार पछि तेश्रो स्थानमा छ। अंकतालिका हेर्नुस 

दिनको पहिलो खेलमा रुपन्देही क्रिकेट संघ-११ ले नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो।

रुपन्देहीको दोश्रो जित, पुलिस क्लब स्तब्ध





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]