कुशल र रोहित चम्किंदा आर्मीको दोश्रो जित

२०७८ चैत्र २७, आईतवार १७:१३

रोहित पौडेलले उत्कृस्ट लय जारि राख्दा बंगलादेशको ट्यालेन्ट हन्ट क्रिकेट एकेडेमीलाई ८ विकेटले पराजित गर्दै नेपाल आर्मी क्लबले भैरहवामा जारी प्रो-क्लब च्याम्पियनसिप दोश्रो जित दर्ता गरेको छ।

सिद्धार्थ रंगशालामा सम्पन्न खेलमा ट्यालेन्ट हन्ट क्रिकेट एकेडेमीले दिएको ९७ रनको सामान्य लक्ष्य आर्मीले १४ ओभरमा २ विकेट क्षतिमा भेटायो।

स्कोरकार्ड, अंकतालिका 

आर्मीको लागि रोहित पौडेलले सर्वाधिक ४१ रन बनाए जुन क्रममा २६ बलमा ५ चौका र १ छक्का प्रहार गरे। रोहितले अघिल्लो खेलमा एपीएफ बिरुद्ध अविजित ८० रन बनाएका थिए। हरि चौहानले २५ तथा भिम शार्कीले अविजित १४ रन बनाए। रोहित र भिमले दोश्रो विकेटको लागि ६३ रनको साझेदारी गरे।

टस जितेर ब्याटिंग गरेको ट्यालेन्ट हन्ट एकेडेमीले २० ओभरमा ८ विकेट क्षेतीमा ९६ रन बनाएको थियो। उसको लागि अबिदुर कैफले सर्वाधिक २३, उत्तम मगरले १६ तथा मोहम्मद मोशर्रफले १५ रन बनाए।

आर्मीको बलिंगमा देब्रे हाते स्पिनर कुशल मल्लले ३ विकेट, सुशन भारि र सोमपाल कामिले २/२ विकेट तथा शाहब आलमले १ विकेट लिए।

दोश्रो जित पछि आर्मी ४ अंकका साथ समुह ‘बि’ को शिर्षमा छ। ट्यालेन्ट हन्ट एकेडमी दोश्रो हार पछि तेश्रो स्थानमा छ। अंकतालिका हेर्नुस 

दिनको पहिलो खेलमा रुपन्देही क्रिकेट संघ-११ ले नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो।

रुपन्देहीको दोश्रो जित, पुलिस क्लब स्तब्ध

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy