ओमान बिरुद्ध रोहितको अपत्यारिलो क्याच, हेर्नुस भिडियो

ओमान भ्रमण अन्तर्गत त्रिकोणात्मक सिरिजको दोश्रो खेलमा पराजित भएता पनि नेपाली खेलाडी रोहित पौडेलले गरेको क्याचले चर्चा पाएको छ।

ओमान ब्याट्सम्यान जतिन्दर सिंहले कुशल मल्ललाई लंगअनमा प्रहार गरेको बललाई रोहितले शानदार ढंगले क्याचमा परिणत गरेका थिए। बाउन्ड्री पार गर्दै गरेको बललाई रोहितले उफ्रंदै एक हातले क्याच गरेका थिए भने त्यसपछि मैदानमा झरेपछि आफु बाउन्ड्री बाहिर जाने क्रममा बललाई भित्र फ्याँक्दै उनले पुनः भित्र आएर क्याच समातेका थिए। रोहितले उक्त क्याच लिएपछि कमेन्टेटरले रोहितको क्याच हालसम्म देखेको उत्कृस्ट क्याच बताउदै निकै तारिफ गरेका थिए।

रोहितको उक्त क्याच सामाजिक सन्जालमा भाइरल भएको छ। हेर्नुस उक्त क्याचको भिडियो

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy