रोल्पाको लगातार तेश्रो जितमा बिनोद लामा र सौरभ खनाल उत्कृस्ट

Saurabh Khanal, Binod Lama
  • विकेटनेपाल, बैशाख ७ – कोहलपुर 

आशिर्वाद पेन्ट्स नेपालगंजकप क्रिकेट प्रतियोगिता अन्तर्गत पाँचौ दिनको दोश्रो खेलमा पप्पु कन्स्ट्रक्सन रोल्पा गोरिल्लाजले आशिर्वाद पेन्ट्स पाल्पा योद्दाजलाई १८ रनले पराजित गरेको छ। प्रतियोगितामा पहिलो खेल हारेपछि रोल्पाको यो लगातार तेश्रो जित हो। आजै सम्पन्न दोश्रो खेलमा दंगाली गोर्खाजले बर्दिया टाइगर्सलाई ८ विकेटले पराजित गरेको थियो।

रोल्पा गोरिल्लाजले पहिले ब्याटिंग गर्दै दिएको १०७ रनको लक्ष्य पछ्याउने क्रममा पाल्पा योद्दाजले १६.१ ओभरमा सबै विकेट गुमाउदै ८८ रन मात्रै बनाउन सक्यो।

पाल्पालाई सस्तोमै समेट्न प्ल्येयर अफ द म्याच समेत चुनिएका रोल्पाका बलर बिनोद लामाले ३ विकेट हात पारे जुन क्रममा ३.१ ओभरमा १३ रन मात्रै खर्चिए। नन्दन यादब र बसन्त कार्कीले समान २/२ विकेट लिए। पाल्पाका ब्याट्सम्यान प्रकाश केसीले सर्वाधिक २० रन, प्रनित थापाले १५, भिम धमलाले १३ रन तथा रित गौतमले ११ रन योगदान दिए।

Binod Lama
बिनोद लामाले ३ विकेट हात पारे

टस हारेर ब्याटिंग गरेको पप्पु कन्स्ट्रक्सन रोल्पा गोरिल्ल्लाजले १९.१ ओभरमा सबै विकेट गुमाएर १०६ रन बनाउन सक्यो।

ओपनिंग ब्याटिंग गरेका कप्तान सौरभ खनालले अन्तिम विकेटको रुपमा आउट हुनु अघि ४८ रनको इनिंग खेले जुन क्रममा उनले ५६ बलमा ५ चौका र २ छक्का प्रहार गरे। समसुद्दिन अन्सारीले १३ रन र आकाश थापाले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

पाल्पा योद्दाजका बलर सिद्धान्त राज शाहीले सर्वाधिक ३ विकेट लिए भने विजय चौधरी र दिपेन्द्र रावतले २/२ विकेट लिए। अमित तामांग र भिम धमलाले १/१ विकेट लिए। सिद्धान्त ४ ओभरमा १ मेडन ओभर सहित मात्र १९ रन खर्चिए।

सौरभ खनालले ४८ रन बनाए

आजै सम्पन्न दिनको पहिलो खेलमा दंगाली गोर्खाजले बर्दिया टाइगर्सलाई ८ विकेटले पराजित गरेको छ। पहिले ब्याटिंग गर्दै बर्दिया टाइगर्सले दिएको १३० रनको लक्ष्य दंगाली गोर्खाजले १७ ओभरमा २ विकेट मात्रै गुमाएर भेटायो।

प्रतियोगितामा दंगालीले हात पारेको ३ खेलमा यो दोश्रो जित हो भने बर्दियाले ३ खेल खेल्दा १ जित र २ हार बेहोरेको छ।

लक्ष्य पछ्याउने क्रममा ओपनिंग ब्याटिंग गरेका मनोज सुनारले ५० रन बनाए।३४ बलको इनिंगमा उनले ६ चौका र २ छक्का प्रहार गरेका थिए जो खेलको प्लेयर अफ द म्याच समेत चुनिए। मनोजले अर्का ओपनर सन्दिप सुनारसंग पहिलो विकेटको लागि ४२ रनको साझेदारी गरेका थिए। सन्दिप २९ रन बनाएर आउट भए जुन क्रममा १७ बलमा ४ चौका र २ छक्का हिर्काए।

मनोज सुनारले अर्धशतक बनाए

सन्दिप र मनोजको विकेट पछि विनायक गिरि र अमर सिंह रौटेलाले तेश्रो विकेटको लागि ४७ रनको साझेदारी गरे।अमरले ३५ बलमा २ चौका र १ छक्का मदतले २४ रन तथा अमरले १६ बलमा ५ चौका मदतले २३ रन बनाए। बलिंगतर्फ बर्दिया टाइगर्सका आकाश बिस्ट र अविनाश बोहाराले समान १/१ विकेट लिए।

टस हारेर ब्याटिंग गरेको बर्दिया टाइगर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२९ रन बनाएको थियो।

९३/६ को खराब स्थितिमा रहेको अवस्थामा सातौ विकेटको लागि अविनाश बोहारा र आकाश बिस्टले ३६ रनको साझेदारी गर्दै टिमको स्कोर १२९ पुर्याएका थिए। आकाश बिस्टले २५ रन बनाए जुन क्रममा १५ बलमा २ छक्का र १ चौका हिर्काए भने अविनाश बोहराले ९ बलमा २ छक्का मदतले अविजित १५ रन बनाए।

यस अघि राजबिर सिंहले २८ रन ( २४ बल, २ चौका र १ छक्का ) , भरत थापाले १६, नबिन ओलीले १७ रन तथा कप्तान सुबेन्दु पाण्डेले १२ रन योगदान दिए। दंगाली गोर्खाज बलर बिष्णु कटारिया र अमर सिंह रौटेलाले समान २/२ विकेट हात पारे। यस्तै अनिल खरेल, शहिद अन्सारी र सागर ढकालले समान १/१ विकेट हात पारे।

खेलको प्लेयर अफ द म्याच मनोज सुनार घोषित भए।

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy