पीएसएल : रोमान्चक खेलमा पेशावरको जित, क्वेटाको अर्को हार

२०७७ फाल्गुन १५, शनिबार ०९:०३

पाकिस्तान सुपर लिगमा सरफराज एहमद कप्तानीको टिम क्वेटा ग्ल्याडीएटर्सले लगातार तेश्रो खेलमा हार बेहोरेको छ।

लिग अन्तर्गत शुक्रबार राति नेसनल स्टेडियम कराचीमा सम्पन्न खेलमा क्वेटाले दिएको १९९ रनको विशाल लक्ष्य वहाव रियाज कप्तानीको पेशावर जाल्मीले ३ बल बाँकी रहंदा ७ विकेट गुमाएर पुरा गर्दै ३ विकेटको जित दर्ता गर्यो।

लक्ष्य पछ्याउने क्रममा कमरान अकमल र टम कोहलर छिट्टै आउट भएपछि ओपनर इमाम उल हकले हैदर अलिसंग ५२ रनको साझेदारी गरेका थिए। १० औं ओभरमा जाहिद मोहम्मदबाट ४१ रन बनाएका इमाम बोल्ड भएपछि हैदर र शोयब मलिक बीच ५२ रनकै साझेदारी भयो। २९ बलमा ५ चौका र २ छक्का मद्दतले ५० रन बनएका अलिलाई डेल स्टेनले १५ औं ओभरमा क्याच आउट गरे। लगत्तै ओभरमा २० बलमा ३४ रन बनएका मलिकलाई बेन कटिंगले एलबिडब्लु गर्दै क्वेटालाई खेलमा फर्काए।

छैठौं नम्बरमा क्रिजमा आएका शर्फेन रुथरफोर्डले त्यसपछि कप्तान वाहब रियाजसंग छैठौं विकेटको लागि २० बलमा ४८ रनको साझेदारी गरे।

खेल जिताएपछि रुथरफोर्डको खुसि

जितको लागि अन्तिम ४ ओभरमा ५० रन आवस्यक हुँदा रुथरफोर्डले मोहम्मद हसनैनले गरेको १८ औं ओभरमा २ छक्का प्रहार गरे जुन ओभरमा १४ रन आयो। लगत्तै ओभरमा डेल स्टेनले २१ रन खर्चिए जसलाई रुथरफोर्डले १ छक्का तथा रियाजले २ छक्का प्रहार गरे।

अन्तिम ओभरमा जित्न मात्र ६ रन आवस्यक हुँदा खेलले नाटकीय मोड लियो। ओभरको पहिलो बलमा हसनेनले रियाजलाई बोल्ड गरे। रियाजले ८ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २० रन बनएका थिए। लगत्तै बलमा सकिब मोहमम्द खाता नखोली रन आउट भए। तर तेश्रो बलमा हसनेनले वाइड बल दिए जसलाई विकेटकिपर सरफराजले रोक्न नसक्दा ५ रन दिन पुगे। लगत्तै बलमा रुथरफोर्डले चौका प्रहार गर्दै टिमलाई जिताए।

रुथरफोर्डले अविजित ३६ रन बनाए जुन क्रममा १८ बलमा १ चौका र ४ छक्का प्रहार गरे।

क्वेटाको बलिंगमा डेल स्टेनले २ विकेट ( ४-०-४४-२ ) लिंदा मोहम्मद हसनेन, उस्मान शिनवारी, जाहिद मोहम्मद र बेन कटिंगले समान १ विकेट लिए।

सरफराजको उत्कृस्ट इनिंग्स

यस अघि टस हारेर ब्याटिंग गरेको क्वेटाले २० ओभरमा ७ विकेट क्षेतीमा १९८ रन बनाएको थियो। उसको लागि कप्तान सरफराज एहमदले उत्कृस्ट ब्याटिंग गर्ने क्रममा ४० बलमा १२ चौका र १ छक्का प्रहार गर्दै ८१ रन बनाए। यस्तै आजम खानले २६ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ४७ रन, फाफ डु प्लेसीले २६ बलमा ३७ रन तथा सैम आयुबले १९ बलमा २१ रन योगदान दिए।

सरफराज एहमदले ४० बलमा ८१ रन बनाए

चौथो नम्बरमा ब्याटिंग गरेका सरफराजले डुप्लेसीसंग ४० रनको तथा आजमसंग १०५ रनको साझेदारी गरेका थिए।

पेशावरको बलिंगमा इंग्ल्यान्ड पेसर सकिब मोहम्मदले सर्वाधिक ३ विकेट ( ४-०-३४-३ ) लिए। वहाब रियाजले २ ( ४-०-५४-२ ) तथा मोहम्मद इमरानले १ विकेट ( ४-०-२५-१ ) लिए।

हैदर अलि प्लेयर अफ द म्याच चुनिए।

तिन वटै खेलमा हारपछि कस्ता अंकतालिकाको पुछारमा रहेको छ। ३ खेलमा २ जित र १ हार पछि ४ अंक सहित पेशावर दोश्रो स्थानमा उक्लेको छ। अपराजित इश्लामावाद ४ अंक सहित पहिलो र लाहोर समान अंक सहित तेश्रो स्थानमा छ। डिफेन्डिङ च्याम्पियन कराची चौथो र मुल्तान पाँचौ स्थानमा छ।

धेरैले पढेको :-

https://wicketnepal.com/narendr-modi-stadium-pitch-root-wn21/

https://wicketnepal.com/pathan-sanyas-ghoshana-wn21/

https://wicketnepal.com/2-din-mai-test-banyo-ysta-kirtiman-wn21/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy