रोड सेफ्टी वर्ल्ड सिरिज : रोमान्चक खेलमा वेस्टइन्डिजलाई पराजित गर्दै भारत फाइनलमा

रोमान्चक खेलमा वेस्टइन्डिज लेजेन्ड्सलाई १२ रनले पराजित गर्दै भारत लेजेन्ड्स रोड सेफ्टी वर्ल्ड सिरिजको फाइनल प्रवेश गरेको छ।

भारतको राजपुर स्थित शहिद वीर नारायण सिंह स्टेडियममा सम्पन खेलमा भारत लेजेन्ड्सले दिएको २१९ रनको लक्ष्य पछ्याउने क्रममा वेस्टइन्डिज लेजेन्ड्सले २० ओभर ब्याटिंग गरेता पनि ६ विकेट क्षेतीमा २०६ रन बनाउन सक्यो।

वेस्टइन्डिज लेजेन्ड्सको लागि ओपनर ड्वेन स्मिथले सर्वाधिक ६३ रन बनाए जुन क्रममा ३६ बलमा ९ चौका र २ छक्का प्रहार गरे। यस्तै नरसिंह देवनारायणले ४४ बलमा ५ चौका र २ छक्का मद्दतले ५९ रन तथा कप्तान ब्रायन लाराले २८ बलमा ४ चौका र २ छक्का मद्दतले ४६ रन बनाए।

लक्ष्य पछ्याउने क्रममा वेस्टइन्डिज ओपनर विलियम पर्किन्सलाई मनप्रित गोनीले एलबिडब्लु आउट गरे। दोश्रो विकेटको लागि ड्वेन स्मिथले नरसिंह देवनारायणसंग ९९ रनको साझेदारी गरे। ११ औं ओभरमा स्मिथलाई इरफान पठानले तथा १२ औं ओभरमा किर्क एडवार्ड्सलाई प्रज्ञान ओझाले स्टम्प आउट गर्दै भारतलाई खेलमा फर्काए।

चौथो विकेटको लागि देवनारायणले कप्तान ब्रायन लारासंग ८० रनको उत्कृस्ट साझेदारी गरे। जितको लागि १० बलमा १९ रन आवस्यक रहेको बेला लारालाई विनय कुमारले बोल्ड गर्दै भारतलाई खेलमा फर्काए। सोहि ओभरमा टिनो वेस्टलाई पनि कुमारले क्याच आउट गराए।

अन्तिम ओभरमा जित्न १७ रन आवस्यक रहंदा अन्तिम ओभर बलिंग गरेका इरफान पठानले मात्र ४ रन खर्चिएपछि भारतले रोमान्चक जित दर्ता गर्यो। ओभरको तेश्रो बलमा नरसिंह देवनारायण रन आउट हुन पुगे।

भारतको बलिंगमा विनय कुमारले २ विकेट ( ३-०-२६-२ ) लिए भने इरफान पठन, मनप्रित गोनी र प्रज्ञान ओझाले समान १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको भारत लेजेन्ड्सले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २१८ रन बनाएको थियो।

भारतको लागि कप्तान सचिन तेन्दुलकरले सर्वाधिक ६५ रन बनाए जुन क्रममा उनले ४२ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। यस्तै युभराज सिंहले अविजित ४९ रन बनाउने क्रममा २० बलमा १ चौका र ६ छक्का प्रहार गरे। यस्तै युसुफ पठानले २० बलमा २ चौका र ३ छक्का प्रहार गर्दै अविजित ३७ रन, बिरेन्द्र सेहवागले १७ बलमा ५ चौका र १ छक्का मद्दतले ३५ रन तथा मोहम्मद कैफले २१ बलमा २ चौका र २ छक्का मद्दतले २७ रन बनए।

सचिनले सेहवागसंग पहिलो विकेटको लागि ५.३ ओभरमा ५६ रनको साझेदारी गरेका थिए। सेहवागलाई टिनो बेस्टले कट एण्ड बोल्ड गरेपछि सचिनले मोहम्मद कैफसंग ५३ रनको साझेदारी गरे। १२ औं ओभरमा कैफलाई रायन अस्टिनले क्याच आउट गराए। सचिनलाई १५ औ ओभरमा बेस्टले क्याच आउट गराए। चौथो विकेटको लागि युसुफ पठनले युभराज सिंहसंग अविजित ७८ रनको साझेदारी गरे।

वेस्टइन्डिज लेजेन्ड्सको बलिंगमा टिनो बेस्टले २ विकेट ( ४-०-२५-२ ) र रायन अस्टिनले १ विकेट ( ३-०-३८-१ ) लिए।

प्रतियोगिता अन्तर्गत दोश्रो सेमीफाइनलमा बिहिबार श्रीलंका लेजेन्ड्स र दक्षिण अफ्रीका लेजेन्ड्स बीच प्रतिस्पर्धा हुनेछ जसको विजेताले मार्च २१ तारिखमा भारत लेजेंड्ससंग फाइनलमा प्रतिस्पर्धा गर्नेछ।

धेरैले पढेको 

https://wicketnepal.com/afg-vs-zim-wn21-1st-t20i-317/

https://wicketnepal.com/spl-3-auction-news-wn21/

https://wicketnepal.com/news-eng-vs-ind-3rd-t20-316/





थप समाचार

जय ट्रफी : पहिलो दिन १७ ओभरको खेल, भुर्तेलको अर्धशतक

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत फाइनल खेलको पहिलो दिन समाप्त हुँदा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ८५ रनको […]

प्रधानमन्त्री कप : एपिएएफको सुखद सुरुआत

काठमाडौं । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको विजयी सुरुआत

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार […]

अभ्यास खेलमा नेपाल पराजित

काठमाडौं । यु-१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ। मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा सोमबार […]

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]