EPL : अन्तिम बलमा शरदको छक्का, बराबरीमा रोकियो भैरहवा र ललितपुर बीचको खेल

अन्तिम बलमा जित्न ७ रन आवस्यक हुँदा शरद भेसावकरले छक्का प्रहार गरेपछि ईपीएल टि-२० अन्तर्गत ललितपुर पेट्रिएट्स र भैरहवा ग्ल्याडीएटर्स बीचको बिहिबारको दोश्रो खेल बराबरीमा टुंगिएको छ। सुपर ओभरमा खेल जानु पर्ने भएता पनि खेल ३ घण्टा ३० मिनेट भन्दा बढी चलीसकेकोले दुवै टिमले एक/एक अंक बाँडेका हुन्।

टियु अन्तर्राष्ट्रिय मैदानमा ललितपुर पेट्रिएट्सले दिएको १७८ रनको लक्ष्य पछ्याउने क्रममा भैरहवाले २० ओभर ब्याटिंग गर्दै ५ विकेट क्षेतीमा १७७ रन बनाउन सकेपछि खेल बराबरी भयो। भैरहवाको ब्याटिंगमा श्रीलंकन पूर्व कप्तान समेत रहेका उपुल थारांगाले सर्वाधिक ६७ रन बनाए जुन क्रममा अविजित रहेका उनले ४४ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। यस्तै कुशल मल्लले १९ बलमा ३ चौका र २ छक्का मद्दतले ३५ रन, आरिफ शेखले २८ रन तथा तामिम इक्बालले १४ रन बनाए। १ बल मात्र खेलेका शरदले अविजित ६ रन बनाए।

खराब सुरुवात गरेको भैरहवाले सुरुवाती ३ विकेट २९ रनमै पावरप्लेको ओभर भित्र गुमाउन पुग्यो। प्रदिप ऐरी र रोहित पौडेललाई राशिद खानले तथा तामिम इक्बाललाई रिजन ढकालले क्याच आउट गराए। चौंथो विकेटको लागि उपुल थारांगाले आरिफ शेखसंग ८४ रनको साझेदारी गरे। १५ औं ओभरमा आरिफलाई रिजन ढकालले क्याच आउट गराए। त्यसपछि क्रिजमा आएका कुशल मल्लले आक्रामक ब्याटिंग गर्दा खेल रोमान्चक मोडमा पुग्यो।

अन्तिम ओभरमा १८ रन आवस्यक हुँदा कुशललाई राशिद खानले तेश्रो बलमा आउट गरे। ३ बलमा १४ रन आवस्यक हुँदा थारांगाले छक्का प्रहार गरे। लगत्तै बलमा थारांगाले १ रन लिएर स्ट्राइक नयाँ ब्याट्सम्यान शरद भेसावकरलाई दिए। पहिलो बल सामना गर्ने क्रममा जित्न ७ रन आवस्यक हुँदा शरदले छक्का प्रहार गर्दै योगफल बराबरी गराए। राशिदले गरेको ओभर पिच बललाई शरदले लंग अनमा छक्का प्रहार गरे।

ललितपुर पेट्रिएट्सको बलिंगमा दायाँ हाते पेसर राशिद खानले ३ विकेट ( ४-०-३४-३ ) तथा देब्रे हाते पेसर रिजन ढकालले २ विकेट ( ४-०-१७-२ ) लिए।

सन्दुन विराक्कोडीले सर्वाधिक ५८ रन बनाए

यस अघि टस हारेर ब्याटिंग गरेको ललितपुरले निर्धारित २० ओभरमा ७ विकेट क्षेतीमा १७७ रन बनाएको थियो।

ललितपुरको लागि श्रीलंकन ब्याट्सम्यान सन्दुन विराक्कोडीले सर्वाधिक ५८ रन बनाए जुन क्रममा ४१ बलमा २ चौका र ५ छक्का प्रहार गरे। यस्तै अज्मतुल्लाह ओमरजाईले २२ बलमा २ चौका र ४ छक्का मद्दतले ४२ रन, सन्दिप जोराले २५ बलमा २ चौका र २ छक्का मद्दतले ३८ रन बनाए। ओशाडा फर्नान्डोले २० रन बनाए। कुशल भुर्तेलले २ तथा पव सर्राफले १ रन मात्र बनाउन सके।

कप्तान कुशल भुर्तेल मात्र २ रन बनाएर रन आउट भएपछि दोश्रो विकेटको लागि विराक्कोडीले ओशाडा फर्नान्डोसंग ६६ रनको साझेदारी गरे। फर्नान्डोलाई दशौँ ओभरमा कृष्ण कार्कीले बोल्ड गरे भने अर्धशतक पुरा गरेपछि विराक्कोडी आरिफ शेखबाट १३ औं ओभरमा क्याच आउट भए। चौंथो विकेटको लागि सन्दिप जोरा र अज्मतुल्लाह ओमरजाईले ४५ रन जोडे। १७ औं ओभरमा जोरा रोहित पौडेलबाट रन आउट हुन पुगे। त्यसपछि ओमरजाईले आक्रामक ब्याटिंग गरे जुन क्रममा अविनाश बोहराले गरेको १८ औं ओभरमा ३ छक्का प्रहार गरे। उनि अन्तिम ओभरमा अविनाश बोहराबाट क्याच आउट भए।

भैरहवाको बलिंगमा अविनाश बोहराले २ विकेट ( ४-०-४७-२ ) लिए भने आरिफ शेख ( १-०-७-१ ), धम्मिका प्रसाद ९ ४-०-३०-१ ) र कृष्ण कार्की ( ४-०-३४-१ ) ले १ विकेट लिए। दुर्गेश गुप्त किफायती सावित भएता पनि ( ४-०-२२-० ) विकेट विहिन रहे।

जितपछि भैरहवा ३ खेलमा १ जित, १ बराबरी र १ नतिजाविहिन खेलपछि ४ अंक सहित अंकतालिकाको शिर्ष स्थानमा पुगेको छ। ललितपुर ३ खेलमा २ हार र १ बराबरी पछि १ अंक सहित पाँचौ स्थानमा छ। अंकतालिका 





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]