इंग्ल्यान्डको टेस्ट कप्तानीबाट रुटको राजिनामा

जो रुटले तुरुन्त लागु हुने गरि इंग्ल्यान्ड टेस्ट टिमको कप्तानी पदबाट राजिनामा दिएका छन्।

पाँच वर्ष टिमको कप्तानी गरेका रुटको नेतृत्वमा इंग्ल्यान्डले ६४ टेस्टमा कप्तानी गर्दा सबैभन्दा धेरै २७ टेस्टमा जित र २६ टेस्टमा हार बेहोर्न पुग्यो। तर पछिल्लो १७ खेलमा भने इंग्ल्यान्ड मात्र एक खेलमा मात्र विजयी हुन सकेपछि रुटको कप्तानी माथि प्रश्न चिन्ह उठेको थियो।

रुटले बताए – “वेस्टइन्डिज भ्रमणबाट फर्केर सोचेपछि मैले इंग्ल्यान्ड टेस्ट टिमको कप्तानीबाट राजिनामा दिने निर्णय लिएको हुँ। यो मेरो करियरको सबैभन्दा महत्वपूर्ण निर्णय मध्ये एक हो। मलाई थाहा छ कि यो सहि समय हो।”

“मलाई आफ्नो देशको कप्तानी गर्नुमा गर्व छ जुन पदमा रहनु सम्मानको कुरा हो। देशको नेतृत्व गर्दा मैले मजा लिएँ तर हाल जुन किसिमको दबाब ममा आयो त्यसले म्याचमा मात्रै हैन बाहिर पनि मलाई असर गरेको छ।”

रुटले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न भने जारि राख्ने र टिमलाई जितमा योगदान दिने उत्साहित रहेको बताएका छन्।

रुट पछि बेन स्टोक्सलाई इंग्ल्यान्ड टेस्ट टिमको कप्तानीको दाबेदार मानिएको छ। रोरी बर्न्स, स्टुवार्ट ब्रोड र जोस बटलर पनि पदको दावेदारमा छन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy