इंग्ल्यान्डको टेस्ट कप्तानीबाट रुटको राजिनामा

जो रुटले तुरुन्त लागु हुने गरि इंग्ल्यान्ड टेस्ट टिमको कप्तानी पदबाट राजिनामा दिएका छन्।

पाँच वर्ष टिमको कप्तानी गरेका रुटको नेतृत्वमा इंग्ल्यान्डले ६४ टेस्टमा कप्तानी गर्दा सबैभन्दा धेरै २७ टेस्टमा जित र २६ टेस्टमा हार बेहोर्न पुग्यो। तर पछिल्लो १७ खेलमा भने इंग्ल्यान्ड मात्र एक खेलमा मात्र विजयी हुन सकेपछि रुटको कप्तानी माथि प्रश्न चिन्ह उठेको थियो।

रुटले बताए – “वेस्टइन्डिज भ्रमणबाट फर्केर सोचेपछि मैले इंग्ल्यान्ड टेस्ट टिमको कप्तानीबाट राजिनामा दिने निर्णय लिएको हुँ। यो मेरो करियरको सबैभन्दा महत्वपूर्ण निर्णय मध्ये एक हो। मलाई थाहा छ कि यो सहि समय हो।”

“मलाई आफ्नो देशको कप्तानी गर्नुमा गर्व छ जुन पदमा रहनु सम्मानको कुरा हो। देशको नेतृत्व गर्दा मैले मजा लिएँ तर हाल जुन किसिमको दबाब ममा आयो त्यसले म्याचमा मात्रै हैन बाहिर पनि मलाई असर गरेको छ।”

रुटले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न भने जारि राख्ने र टिमलाई जितमा योगदान दिने उत्साहित रहेको बताएका छन्।

रुट पछि बेन स्टोक्सलाई इंग्ल्यान्ड टेस्ट टिमको कप्तानीको दाबेदार मानिएको छ। रोरी बर्न्स, स्टुवार्ट ब्रोड र जोस बटलर पनि पदको दावेदारमा छन्।





थप समाचार

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]

मुकेशको पाँच विकेटमा कंगारुको जित

काठमाडौं, वैशाख ५– मुकेश थारुले एक्लैले पाँच विकेट लिएपछि कंगारु क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग […]