रुटले कीर्तिमानी शतक, इंग्ल्यान्डलाई विशाल अग्रता

कप्तान जो रुटले कीर्तिमानी शतक बनाउदा भ्रमण टोलि भारत बिरुद्ध तेश्रो टेस्टको दोश्रो दिन समाप्तिमा इंग्ल्यान्डले पहीलो इनिंग्समा ३४५ रनको विशाल अग्रता हाँसिल गरेको छ।

दिनको समाप्तिमा इंग्ल्यान्डले पहिलो इनिंग्समा १२९ ओभर ब्याटिंग गर्दा ८ विकेट क्षेतीमा ४२३ रन बनाएको छ। क्रिजमा क्रेग ओभरटन २४ तथा ओली रोबिन्सन खाता नखोली अविजित रहेका छन्।

दोश्रो दिनको सुरुवात विकेट नगुमाई १२० रन बाट गरेको इंग्ल्यान्डले पहिलो सेसनमा २ विकेट गुमाउन पुग्यो। ६१ रन बनाएका रोरी बर्न्सलाई मोहम्मद शामीले बोल्ड गर्दै १३५ रनको ओपनिंग साझेदारी तोडे। ६८ रन बनाएका हसिब हमिदलाई रभिन्द्र जडेजाले बोल्ड गरे।

तेश्रो विकेटको लागि डेबिड मलान र कप्तान रुट बीच १३९ रनको साझेदारी भयो। १२८ बलमा ११ चौका मद्दतले ७० रन बनाएका मलानलाई मोहम्मद सिराजले क्याच आउट गराए। त्यसपछि रुटले जोनी बेयरस्टोसंग ५२ रन जोडे। २९ रन बनाएका बेयरस्टो र लगत्तै ८ रन ७ रन बनाएका जोस बटलरलाई शामीले पेभेलियन फर्काए।


करियरको २३ औं तथा जारि सिरीजको तेश्रो शतक पुरा गरेपछि कप्तान रुटलाई जस्प्रित बुम्राहले बोल्ड गरे। त्यस अघि रुटले १६५ बलमा १४ चौका मद्दतले १२१ रन बनाए। रुटको विकेटपछि स्याम करन र क्रेग ओभरटनले ३५ रनको साझेदारी गरे। १५ रन करनलाई सिराजले क्याच आउट गराए।

रुटको किर्तिमान : रुट इंग्ल्यान्ड र भारत बीच खेलिएको टेस्ट सिरिजको इतिहासमै सर्वाधिक शतक बनाउने खेलाडी बनेका छन्। उनले ४१ इनिंग्समा ८ शतक बनाएका छन् जुन क्रममा उनले भारतका राहुल द्रविड र सचिन तेन्दुलकर तथा इंग्ल्यान्डका एलेस्टर कुकले बनाएको ७ शतकको रेकर्ड तोडेका हुन्। द्रविडले ३७ इनिंग्समा, तेन्दुलकरले ५३ इनिंग्समा तथा कुलले ५४ इनिंग्समा उक्त शतक बनाएका थिए। मोहम्मद अझरुद्दीन र केभिन पिटरसनले समान ६ शतक बनाएका थिए।

भारतको बलिंगमा मोहम्मद शामीले ३ विकेट ( २६-७-८७-३ ) तथा मोहम्मद सिराज ( २३-३-८६-२ ) र रभीन्द्र जडेजाले ( ३१-७-८८-२ ) समान २ विकेट लिएका छन्। जस्प्रित बुम्राहले १ विकेट ( २७-१०-५८-१ ) लिएका छन्।

टेस्टको पहिलो दिन टस जितेर ब्याटिंग रोजेको भारतले ४०.४ ओभरमा ७८ रनमै सम्पूर्ण विकेट गुमाउन पुगेको थियो। भारतको लागि रोहित शर्माले १९ र अजिंके रहानेले १८ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। इंग्ल्यान्डको बलिंगमा जेम्स एण्डरसन र क्रेग ओभरटनले समान ३ विकेट तथा ओली रोबिन्सन र स्याम करनले समान २ विकेट लिएका थिए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy