टेस्ट वरियतामा रुटको फड्को

भारत बिरुद्ध जारि टेस्ट सिरिजमा उत्कृस्ट प्रदर्शन गरिरहेका इंग्ल्यान्ड कप्तान जो रुटले टेस्ट वरियतामा अघि बढ्दै दोश्रो स्थानमा पुगेका छन्।

रुटले भारत बिरुद्ध लर्ड्स टेस्टमा अविजित १८० रन बनाएका थिए जुन खेलमा इंग्ल्यान्ड १५१ रनले पराजित भएको थियो। पहिलो टेस्टमा पनि रुटले शतक बनाएका थिए। सिरिज सुरु हुनु अघि पाँचौ स्थानमा रहेका रुट सिरिजमा दुईवटा शतक पछि पहिलो नम्बरमा रहेका केन विलियमसंग दुरी नजिक बनाएका छन्।

जारि सिरिजमा राम्रो ब्याटिंग गरिरहेका भारतीय ओपनर केएल राहुलले पनि वरियतामा उल्लेख्य सुधार गर्दै ३७ बाट १९ औं नम्बरमा पुगेका छन्। राहुलले दोश्रो टेस्टमा १२९ रन बनाएका थिए।

दोश्रो टेस्टको पहिलो इनिंग्समा ५ विकेट लिएका इंग्ल्यान्ड पेसर जेम्स एण्डरसन एक स्थान उक्लदै छैठौं स्थानमा पुगेका छन्। यस्तै मार्क वुड र मोहम्मद सिराजले पनि वरियतामा फड्को मारेका छन्। वुड ५ स्थान उक्लान्दै ३७ औं स्थानमा तथा सिराज १८ स्थान फड्को मार्दै ३८ औं नम्बरमा पुगेका छन्।

अर्कोतर्फ वेस्टइन्डिज र पाकिस्तान बीचको रोमान्चक पहिलो टेस्ट पछि पाकिस्तानका बाबर आजम आठौँ स्थानमा पुगेका छन् जसले खेलमा ३० र ५५ रन बनाएका थिए। सोहि टेस्टमा उत्कृस्ट अलराउण्ड प्रदर्शन गरेका वेस्टइन्डिजका जेसन होल्डर बलिंग वरियतामा नवौं नम्बरमा पुगेका छन् भने ब्याटिंग वरियताको ४३ औं स्थानमा पुगेका छन्। अलराउण्डर वरियतामा होल्डर पहिलो स्थानमा छन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy