रोस टेलरको बिशाल शतकमा इंग्ल्याण्ड पराजित

  • विकेटनेपाल, फाल्गुन २३ – बुधबार

रोस टेलरले आफ्नो एकदिवसीय करियरको सर्बाधिक ठुलो पारि खेल्नेक्रममा अविजित १८१ रन बनाएपछि न्युजिल्याण्डले इंग्ल्याण्डबिरुद्द जारि एकदिवसीय सिरिजको चौथो खेलमा रोमान्चक जित हात पारेको छ ।

युनिभर्सिटी ओभलमा भएको चौथो खेलमा इंग्ल्याण्डले दिएको ३३६ रनको बिशाल लक्ष्य न्युजिल्याण्डले मात्र ५ विकेट गुमाएर ३ बल अगाबै पुरा गरेको छ । उसका लागि रोस टेलरले अविजित १८१ रनको पारि खेल्नेक्रममा १४७ बलमा १७ चौका र ६ छक्का प्रहार गरे ।

मात्र २ रनको स्कोरमा दुवै ओपनर गुमाएको न्युजिल्याण्डका लागि कप्तान केन विल्लियम्सनले ४५ रन बनाउंदै टेलरसँग मिलेर तेस्रो विकेटको लागि ८४ रनको साझेदारी गरे । त्यसपछि टोम लथामले चौथो विकेटको लागि ७१ रन बनाउंदै १८७ रनको साझेदारी गर्दै जितको आधार तय गरे । कोलिन डी ग्राण्डहोमले आक्रामक २३ रन तथा हेनरी निकोलसले बिजयी छक्का प्रहार गर्दै १३ रनमा अविजित रहे ।

इंग्ल्याण्डका लागि टोम कुर्रानले २ विकेट तथा मार्क वूड र क्रिस वोक्सले १/१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिंग गरेको इंग्ल्याण्डले ५० ओभरमा ९ विकेट गुमाउंदै ३३५ रनको बिशाल योगफल तयार पारेको थियो । उसका लागि जोन्नी बेयरिस्टोले १३८ रन तथा जेसन रोयले ४२ रन बनाउदै पहिलो विकेटको लागि ७७ रनको साझेदारी गरेका थिए । त्यसपछि जोए रुटले १०२ रनको पारि खेल्दै बेयरिस्टोसँग दोश्रो विकेटको लागि १९० रनको साझेदारी गरेका थिए ।

कुनै समय २६७/१ को अवस्थामा रहेको इंग्ल्याण्डले थप २१ रन जोड्दा ६ विकेट गुमाएको थियो । अन्तिममा टोम कुर्रान  ले विस्फोटक २२ रन प्रहार गर्दै स्कोर ३३५ रन सम्म पुर्याए । न्युजिल्याण्डका लागि आफ्नो करियरकै उत्कृस्ट बलिंग गर्नेक्रममा इश सोढ़ीले ५८ रन खर्चेर ४ विकेट लिए   भने ट्रेन्ट बोल्ट र कोलिन मुन्द्रोले समान २/२ विकेट हात पारे ।

खेलमा बिशाल शतक प्रहार गरेका रोस टेलर म्यान अफ द म्याच घोषित भए ।

जारि सिरिज अन्तर्गतको चौथो खेलमा न्युजिल्याण्डको जितसँगै सिरिज २-२ को बराबरीमा रहेको छ । सिरिज अन्तर्गत  को पाँचौ तथा अन्तिम खेल मार्च १० (शनिबार) तारिखमा हुने छ । त्यसपछि २ टेस्ट खेल पनि हुनेछन् ।





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]