अभिनास बोहरा र अमरसिंह रौटेलालाई नेपालगन्जमा सम्मान

  • सुनिल रेग्मी / नेपालगंज 

जे.एम.सी. नेपाल टाईगर क्रिकेट क्लवले नेपाली राष्ट्रिय क्रिकेट टोलिका सदस्य अभिनास बोहरा र राष्ट्रिय क्रिकेट खेलाडी अमर सिंह रौटेला लाई नगद सहित सम्मान गरेको छ।

आइतबार नेपालगन्जमा एक कार्यक्रमका बिच क्लबले बोहरालाई नगद रु. २१ हजार र रौटेलालाई नगद रु. ११ हजार सहित सम्मान गरेको हो। क्रिकेटरद्वयलाई कार्यक्रमका प्रमुख अतिथी शहरी बिकाश मन्त्री मोहम्मद इस्तियाक राइले सम्मान गर्नु भयो।

अभिनास बोहरा
अभिनास बोहरा

कार्यक्रममा विशिष्ट अथिति प्रदेश संसद विजय बहादुर यादव सहित नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष जुमन खाँ, वडा नम्बर २ का अध्यक्ष सुनिल सिंह हमाल, बांके जिल्ला क्रिकेट संघका उपाध्यक्ष सुफियान खान, संघीय समाजवादी फोरमका अध्यक्ष कमरुद्दिन राई लगायतले पनि खेलाडी लाई सम्मान गरेका थिए।

अमरसिंह रौटेला
अमरसिंह रौटेला

कार्यक्रममा बोल्दै मन्त्री राइले नेपालगन्जको क्रिकेटलाई माथी ल्याउन आफू सधै तयार रहेकोले अगामी बजेटमा आफ्नो मन्त्रालयले नेपालगन्जमा क्रिकेट मैदानका लागि १० करोड बिनियोजन गर्ने बताए। कार्यक्रममा आइस पानीले अभिनास बोहरालाई ब्रन्ड एम्बेस्डर घोषणा गरेको थियो। अध्यक्ष बिनय श्रेष्ठको सभापतित्व भएको कार्यक्रमको सञ्चालक पत्रकार सुनिल रेग्मीले गर्नु भएकोथियो ।

 

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy