रोबिन क्षेत्रि चम्किंदा महाकालीको जित : आरपीएल टि-२०

Robeen Chhetri

फोटो फिचर : रोबिन क्षेत्री ( फाइल तस्बिर ) 

  • विकेटनेपाल-१९ असोज, शुक्रवार

रौतहटमा जारि रौतहट प्रिमियर लिग ( आरपीएल ) टि-२० अन्तर्गत शुक्रवार सम्पन्न समुह “डी” को खेलमा नेक्सस क्रिकेट एकेडेमीले गडीमाई क्रिकेट क्लबमाथी ४० रनको जित हात पारेको छ।

यस्तै शुक्रवारनै सम्पन्न समुह ‘बि’ तर्फको खेलमा रोबिन क्षेत्रिको उत्कृस्ट प्रदर्शनमा महाकाली क्रिकेट एकेडेमीले लायन्स क्लबमाथी ७० रनको फराकिलो जित हात पार्यो।

शनिवार हुने प्रतियोगिताको क्वार्टरफाइनल चरणको पहिलो खेलमा धनगढी क्रिकेट एकेडेमीले मलपोखरी क्रिकेट क्लबको सामाना गर्नेछ। यस्तै दिनकै दोस्रो खेलमा रौतहट ११-ले ओएसिस क्रिकेट एकेडेमीको सामना गर्नेछ।

हेमन्त थापाको किफायती बलिंगमा नेक्सस बिजयी :

दिनको पहिलो खेलमा नेक्सस क्रिकेट एकेडेमीले गडीमाई क्रिकेट क्लबमाथी ४० रनको सहज जित दर्ता गर्यो। नेक्ससलाई खेल जिताउन म्यान अफ द म्याच घोषित हेमन्त थापाले उत्कृस्ट प्रदर्शन गरे।

टस जित्दै पहिले ब्याटिंग गर्न उत्रिएको नेक्ससले निर्धारित २० ओभरमा १२५ रन जोड्न सबै १० विकेट गुमाएको थियो। उसको ब्याटिंगतर्फ अभियान बस्नेतले सर्वाधिक १९ रन तथा आशिम झाले व्यक्तिगत १८ रनको योगदान गरेका थिए। गडीमाईको बलिंगमा नितेश कुमार साहले ३ तथा शंकर पौडेलले २ विकेट चट्काएका थिए।

जवाफमा १२६ रनको सामान्य विजय लक्ष्य लिएर मैदान उत्रिएको गडीमाई मात्र १७.५ ओभरमा ८३ रनमा समेटिन पुग्यो। उसको चेजमा शंकर पौडेलले सर्वाधिक ४० रन जोडेपनि त्यो जितका लागि पर्याप्त रहेन।

नेक्ससलाई खेल जिताउन म्यान अफ द म्याच हेमन्त थापाले किफायती बलिंग गर्दै ३ विकेट (४-१-९-३) हात पारे। यस्तै अर्जुन गिरिले  समेत ३ विकेट (४-०-२१-३) चट्काए।

रोबिन क्षेत्रि चम्किंदा महाकालीको जित :

यस्तै दिनको दोस्रो खेलमा रोबिन क्षेत्रिले उत्कृस्ट प्रदर्शन गर्दै महाकाली क्रिकेट एकेडेमीलाई जित दिलाए। महाकालीले लायन्स क्लबलाई ७० रनको फराकिलो अन्तरले पराजित गर्न सफल भयो।

Robeen Chhetri
Robeen Chhetri ( File Photo )

टस जित्दै ब्याटिंग गरेको महकालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२१ रन जोडेको थियो। महाकालीको ब्याटिंगमा शुबेन्दु पाण्डेले सर्वाधिक ४५ रन जोडेका थिए। ४५ बलको सामना गरेका उनले ६ चौका र १ छक्का प्रहार गरे। यस्तै रोबिन क्षेत्रिले १९ बलमा १ चौका र २ छक्का सहित अविजित २९ रनको योगदान गरे।

जवाफमा १२२ रनको विजय लक्ष्य लायन्स क्लबका लागि बिशाल साबित भयो। मात्र १२.२ ओभर ब्याटिंग गर्दा लायन्स क्लबले ५१ रनमा सबै १० विकेट गुमाउन पुग्यो। उसको इनिंगमा दिब्यान्शु मल्लिकले सर्वाधिक ९ रन तथा राहुल झाले ५ रन जोडे।

महाकालीलाई जिताउन अभिनाश बोहोराले सर्वाधिक ३ विकेट (३-०-५-३) हात पारे। यस्तै सुनिल सुनारले २ विकेट (३-०-११-२) तथा म्यान अफ द म्याच घोषित रोबिन क्षेत्रिले समान २ विकेट (२-०-११-२) चट्काए।

 

 





थप समाचार

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]

अध्यक्ष गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पारित

काठमाडौं । लुम्बिनी क्रिकेट प्रदेश संघका अध्यक्ष सञ्जय गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ। कपिलबस्तुकाे ताैलिहवामा शनिबार सम्पन्न प्रदेश […]