बेंगलुरुलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा राजस्थान रोयल्सले दोस्रो क्वालिफायरमा स्थान बनाएको छ ।

अहमदाबादमा रहेको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा भएको इलिमिनेटर खेलमा राजस्थानले रोयल च्यालेन्जर्स बेंगलुरुलाई ४ विकेटले पराजित गर्यो ।

बेंगलुरुले दिएको १ सय ७३ रनको लक्ष्य राजस्थानले १९ औं ओभरको अन्तिम बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।

राजस्थानका लागि ओपनर यसश्वी जैसवालले ३० बलमा ८ चौकाको सहयोगमा ४५ रन बनाए । रियान परागले २६ बलमा २ चौका र २ छक्काको सहयोगमा ३६ रन बनाए । अर्का ओपनर टोम कोहलर क्याडमोरले १५ बलमा २० रन बनाए । सिमरन हिटमायरले १४ बलमा ३ चौका र १ छक्काको सहयोगमा २६ रन बनाए ।

बेंगलुरुका लागि मोहम्मद सिराजले २ तथा लकि फर्गुसन, कर्ण शर्मा र क्यामरुन ग्रिनले समान १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो ।

बेंगलुरुका लागि रजत पाटीदारले २२ बलमा २ चौका र २ छक्काको सहयोगमा ३४ रन बनाए । ओपनर विराट कोहलीले २४ बलमा ३ चौका र १ छक्काको सहयोगमा ३३ रन बनाए । क्यामरुन ग्रिनले २१ बलमा २ चौका र १ छक्काको सहयोगमा २७ रन बनाए । महिपाल लुमरोरले १७ बलमा २ चौका र २ छक्काको सहयोगमा ३२ रन बनाए ।

राजस्थानका लागि आवेश खानले ३ तथा रविचन्द्रन आश्विनले २ विकेट लिए । सन्दीप शर्मा, ट्रेन्ट बोल्ट र युजभेन्द्र चाहलले समान १/१ विकेट लिए ।

यस खेलको विजेता राजस्थानले शुक्रबार हुने दोस्रो क्वालिफायर खेलमा सनराइजर्स हैदराबादको सामना गर्नेछ । हैदराबाद पहिलो क्वालिफायरमा कोलकाता नाइट राइटर्ससँग पराजित भएको थियो ।

पराजित बेंगलुरु भने प्रतियोगिताबाट बाहिरिएको छ । कोलकाताले भने आइतबार हुने फाइनल खेलका लागि स्थान पक्का गरिसकेको छ ।





थप समाचार

नेपालमाथी बंगलादेशको जित, बंगलादेश सुपर एटमा

काठमाडौं । बंगलादेश वेस्ट इन्डिज र अमेरिकामा जारी रहेको टी-२० विश्वकपमा नेपाललाई पराजित गर्दै सुपर एटमा प्रवेश गरेको छ । […]

नेपाली बलिङ सामू चलेन बंगलादेशको ब्याटिङ, १०६ रनमा नै अल आउट

काठमाडौं । नेपाली बलर सामू खुलेर खेल्न नसक्दा बंगलादेश वेस्ट इन्डिज र अमेरिकामा जारी रहेको टी-२० विश्वकपमा बंगलादेश १ सय […]

सन्दीपले पूरा गरे कीर्तिमानी १०० विकेट

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले टी-२० आईमा कीर्तिमानी १ सय विकेट पूरा गरेका छन् । […]

सन्दीपले मौका पाउँदा करण बेन्चमा

काठमाडौं । बंगलादेशविरुद्धको आइसीसी टी-२० विश्वकपको खेलमा नेपालले गत शनिबार दक्षिण अफ्रिकाविरुद्ध खेलेको टिमबाट एक परिवर्तन गरेको छ । नेपाली […]

नेपालले टस जित्यो, पहिले बलिङ गर्दै

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी रहेको नवौं संस्करणको टी-२० विश्वकपको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशविरुद्ध पहिले बलिङ […]

बंगलादेशविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपमा समूह डी मा रहेको नेपालले समूह चरणको अन्तिम खेलमा […]