राजस्थानसंग हारपछि धोनीको व्यंग्य “पार स्कोर २५० को नजिक हुन सक्थ्यो”

युएईमा जारि आईपीएलको दोश्रो फेजको खेल अन्तर्गत शनिवार चेन्नाई सुपर किंग्सले दिएको १९० रनको लक्ष्य राजस्थान रोयल्सले मात्र ३ विकेट क्षेतीमा १५ बल बाँकी रहने भेटायो। ठूलो लक्ष्य पछ्याउदै राजस्थानले सहजै खेल जितपछि चेन्नाई कप्तान महेन्द्र सिंह धोनीले व्यंग्यात्मक पारामा राजस्थानले तारिफ गरेका छन्।

“पार स्कोर २५० को नजिक हुन सक्थ्यो जसरि उनीहरुले ब्याटिंग गरे।” धोनीले व्यंग्यात्मक तरिकाले बताए। धोनीले राजस्थान ओपनर यशस्वी जैसवाल र इभिन लुइसले पहिलो ६ ओभरमै खेल चेन्नाईबाट खोसेको बताए – “हामीले महत्वपूर्ण टस हार्यौं। १९० राम्रो स्कोर थियो तर पछि शितले पिच सहज बनायो र ब्याटमा बल राम्रोसंग आयो। त्यो बेला राम्रो ब्याटिंग गरेर उनीहरुले बलरलाई दबाब बनाए। सुरुवातको ६ ओभरमै उनीहरुले खेल खोसीसकेका थिए।” धोनीले खेलपछि पोस्ट म्याच प्रेजेन्टेसनमा बताए।

राजस्थान रोयल्स ओपनर इभिन लुइस र यशस्वी जैसवालले मात्र ५ ओभरमा ७७ रनको ओपनिंग साझेदारी गरेपछि चेन्नाई खेलमा फर्कन सकेन। १९ बलमै अर्धशतक बनाएका जैसवाल र लुइस आउट भएपछि शिभम दुबेले ३१ बलमै लिगमा पहिलो अर्धशतक पुरा गरे। पहिलो इनिंग्समा रुतुराज गायकवाडको शतकको बाबजुद चेन्नाई पराजित हुन पुग्यो।

“रिस्ट स्पिनरले बलिंग गर्दा बल रोकिएर आएको थियो तर पछि ब्याटमा राम्रो आयो जसपछि रुतुराजले गति बढाए। उनको इनिंग्स गजबको थियो।” धोनीले थपे। गायकवाडले लिग करियरको पहिलो शतक बनाउने क्रममा ६० बलमा ९ चौका र ६ छक्का मद्दतले अविजित १०१ रन बनाए।

खेलमा हार पछि पनि चेन्नाई १८ अंक सहित चेन्नाई लिगको शिर्ष स्थानमा यथावत छ। समान अंक रहेको दिल्ली नेट रन रेटमा पछि रहँदै दोश्रो स्थानमा छ। १२ खेलमा पाँचौ जित दर्ता गर्दै १० अंक बटुल्दै राजस्थान रोयल्स अंकतालिकाको छैठौं स्थानमा छ। समान १० अंक रहेको कोलकाता र पन्जाब नेट रन रेटमा अघि रहँदै चौंथो र पाँचौ स्थानमा छ भने मुम्बई सातौँ स्थानमा छ।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]