गर या मरको खेलमा राजस्थानसंग कोलकाताले टस हारेर ब्याटिंग गर्ने

आईपीएल टि-२० अन्तर्गत ५४ औं खेलमा कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्स प्रतिस्पर्धा गर्दैछन्।

दुबई अन्तर्राष्ट्रिय मैदानमा ७:४५ बजे बेलुका सुरु हुने खेलमा टस जितेर राजस्थान रोयल्सले बलिंग रोज्दै कोलकातालाई ब्याटिंगको निम्तो दिएको छ। राजस्थानले टिममा कुनै परिवर्तन गरेको छैन।

राजस्थान रोयल्सको अन्तिम ११ : रोबिन उथप्पा, बेन स्टोक्स, सन्जु स्यामसन ( विकेटकिपर ) , स्टिभ स्मिथ ( कप्तान ) , जोस बटलर, रियान पराग, राहुल तेवतिया, जोफ्रा आर्चर, श्रेयस गोपाल, वरुण अरून, कार्तिक त्यागि

कोलकाताको अन्तिम-११ मा आन्द्रे रसेलले कम्ब्याक गरेका छन् भने लकी फर्गुसनलाई बाहिर राखिएको छ। यस्तै शिभम माभीलाई मौका दिंदै रिंकु सिंहलाई बाहिर राखिएको छ।

कोलकाता नाइट राइडर्सको अन्तिम ११ : शुबमन गिल, नितिश राना, राहुल त्रिपाठी, ओएन मोर्गन ( कप्तान ) , दिनेश कार्तिक ( विकेटकिपर ) , सुनिल नारायण, आन्द्रे रसेल, शिभम माभी, प्याट कमिन्स, कमलेश नगरकोटी, वरुण चक्रवर्ती

आजको खेल जित्ने टिमको प्लेअफ सम्भावना हैदरावादको प्रदर्शनमा निर्भर रहनेछ। हैदरावाद अन्तिम खेलमा मुम्बईसंग पराजित भएको खण्डमा आज जित्ने टिम प्ले-अफ पुग्नेछ। यदी हैदरावाद विजयी भएको खण्डमा भने नेट रन रेट कमजोर रहेकोले खेलमा विजयी हुने टिमको सम्भावना कम हुनेछ। आजको खेलमा ठुलो जित दर्ता गर्दै नेट रन रेटमा सुधार गर्ने समेत कोलकाता र राजस्थानको लक्ष्य हुनेछ।

हालसम्म प्लेअफ रेसबाट पन्जाब र चेन्नाई बाहिर भैसकेको छ भने मुम्बईले प्ले-अफ तथा शिर्ष-२ मा समेत स्थान पक्का गरिसकेको छ।

यो पनि पढ्नुस :-

पन्जाबको प्ले-अफ सपना चेन्नाईद्वारा चकनाचुर, गायकवाडको कीर्तिमानी अर्धशतक

पन्जाबसंगको खेल अघि धोनीको ठूलो घोषणा ‘यो मेरो आईपीएलमा अन्तिम खेल हैन’

टाउकोको उचाइको बललाई ‘नो बल’ नदिएपछि खेलाडी र फ्यानहरु चकित

इरफान पठान लंका प्रिमियर लिग खेल्न अनुबन्धित

लगातार तेश्रो हार पछि बैंगलोर कप्तान कोहलीले के भने

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy