फाइनलमा पुग्न राजस्थानलाई १७६ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको फाइनलमा स्थान बनाउँन राजस्थान रोयल्सले सनराईजर्स हैदराबादबाट १ सय ७६ रनको लक्ष्य पाएको छ ।

चेन्नईमा रहेको एम ए चिदम्बरम क्रिकेट स्टेडियममा जारी दोस्रो क्वालिफायर खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ९ विकेट गुमाएर १ सय ७५ रन बनायो ।

हैदराबादका लागि हेनरिक क्लासेनले ३४ बलमा ४ छक्काको सहयोगमा ५० रनको अर्धशतकीय ईनिङ खेले । राहुल त्रिपाठीले १५ बलमा ५ चौका र २ छक्काको सहयोगमा ३७ रन बनाए । ट्राभिस हेडले २८ बलमा ३ चौका र १ छक्काको सहयोगमा ३४ रन बनाए ।

राजस्थानका लागि ट्रेन्ट बोल्ट र आवेश खानले समान ३/३ तथा सन्दीप शर्माले २ विकेट लिए ।

पहिलो क्वालिफायरमा कोलकाता नाइट राईडर्ससँग पराजित हुदै हैदराबादले दोस्रो क्वालिफायर खेल्दैछ । हैदराबादलाई पराजित गरेको कोलकाताले भने फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

उता, राजस्थान भने इलिमिनेटर खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुलाई हराउँदै दोस्रो क्वालिफायरका लागि छनोट भएको हो । समूह चरणमा भएको खेलमा हैदराबाद १ रनले विजयी भएको थियो ।

यस खेलको विजेताले आइपीएल फाइनलमा स्थान बनाउँने छ । विजयी टोली आइतबार हुने फाइनल खेलमा कोलकातासँगको भेट पक्का गर्नेछ ।





थप समाचार

बैंगलुरुको विजयी सुरुआत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी सुरुआत गरेको छ। शनिबार भएको उद्घाटन खेलमा कोलकोता नाइट […]

कोलकोताले दियो बैंगलुरुलाई १७५ रनको लक्ष्य

काठमाडौँँ । १८औं संस्करणकाे इन्डियन प्रिमियर लिग (आईपीएल) काे उद्घाटन खेलमा कोलकोता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई १७५ रनकाे लक्षय […]

पीएम कप ; कोशीविरुद्ध बागमती १३१ रनले विजयी

काठमाडौँ । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले फराकिलो जित हासिल गरेको छ। शनिबार […]

आईपीएल आजदेखि, उद्घाटन खेलमा कोलकोता र बैंगलुरु भिड्दै

काठमाडौँ । १८औं संस्करणकाे इन्डियन प्रिमियर लिग (आईपीएल) आजदेखि सुरु हुँदै छ। उद्घाटन खेल कोलकोतास्थित इडन गार्डेन क्रिकेट स्टेडियममा हुँदै […]

आर्मीको छैटौँ जित

काठमाडौं । विभागिय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा छैटौं जित दर्ता गरेको छ। देउखुरी […]

नेपालले दिल्लीसँग अभ्यास खेल खेल्ने

काठमाडौं। आइसिसी यु–१९ विश्वकप छनोटको तयारीमा रहेको नेपालले भारतको प्रान्तीय टिम दिल्लीसँग अभ्यास खेल खेल्ने भएको छ। यु–१९ विश्वकप एसिया […]