सनराइजर्स हैदरावादलाई ५५ रनले पराजित गर्दै राजस्थान रोयल्सले भारतमा जारि १४ औं आईपीएलमा तेश्रो जित दर्ता गरेको छ।
दिल्ली स्थित अरुण जेटली स्टेडियममा सम्पन्न खेलमा राजस्थानले दिएको २२१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा हैदरावादले २० ओभर ब्याटिंग गरेता पनि ८ विकेट क्षेतीमा १६५ रन मात्र बनाउन सक्यो।
लक्ष्य पछ्याउने क्रममा हैदरावाद ओपनर मनिष पाण्डे र जोनी बेयरस्टोले ५७ रनको साझेदारी गरे। सातौं ओभरमा पाण्डेलाई मुस्तफिजुर रहमानले बोल्ड गरे जस अघि पाण्डेले २० बलमा ३ चौका र २ छक्का मद्दतले ३१ रन बनाए। २१ बलमा ३ चौका र १ छक्का मद्दतले ३० रन बनाएका बेयरस्टोलाई आठौँ ओभरमा राहुल तेवतियाले क्याच आउट गराए।
त्यसपछि हैदरावादले लगातार विकेट गुमाउन पुग्यो। विजय शंकर ८ रन, केन विलियमसन २० रन, मोहम्मद नाबी १७ रन, अब्दुल समद १० रन, केदार जाधब १९ रन तथा अब्दुल समद १० रन बनाएर आउट भए। क्रिस मोरिसले मध्यक्रमको ३ विकेट लिंदै राजस्थानलाई खेलमा हावी गराए। त्यसपछि हैदरावाद खेलमा फर्कन असफल रह्यो।
राजस्थानको बलिंगमा मुस्तफीजुर रहमान (४-०-२०-३ ) र क्रिस मोरिसले ( ४-०-२९-३ ) समान ३ विकेट लिए। कार्तिक त्यागि ( ४-०-३२-१ ) र राहुल तेवतिया ( ४-०-४५-१ ) ले समान १ विकेट लिए।
यस अघि टस हारेर ब्याटिंग गरेको राजस्थानले निर्धारित २० ओभरमा ३ विकेट क्षेतीमा २२० रन बनाएको थियो।
राजस्थानको लागि ओपनर जोस बटलरले टि-२० करियरकै शतक बनाउने क्रममा १२४ रन बनाएका थिए जुन क्रममा उनले ६४ बलमा ११ चौका र ८ छक्का प्रहार गरे। कप्तान संजु स्यामसनले ३३ बलमा ४ चौका र २ छक्का मद्दतले ४८ रन बनाए।
हैदरावादको बलिंगमा राशिद खान ( ४-०-२४-१ ) , सन्दिप शर्मा ( ४-०-५०-१ ) र विजय शंकर ( ३-०-४२-१ ) ले समान १ विकेट लिए।
अंकतालिका
जितपछि राजस्थान लिग अंकतालिकाको सातौँ बाट पाँचौ स्थानमा उक्लेको छ। ७ खेलमा उसले ३ जित र ४ हार बेहोर्द ६ अंक बटुलेको छ। राजस्थानसंग समान अंक रहेता पनि नेट रन रेटमा पन्जाब पछि रहँदै छैठौं स्थानमा छ। हार पछि हैदरावाद ७ खेलमा १ जित र ६ हार पछि २ अंक सहित आठौँ स्थानमा रहेको छ।
बटलरको कीर्तिमान खेलमा १२४ रन बनाएका बटलर आईपीएलमा सर्वाधिक रन बनाउने इंगलिस खेलाडी बनेका छन्। यस अघि इंग्ल्यान्ड खेलाडीले आईपीएलमा बनाएको सर्वाधिक रन ११४ रन थियो जुन जोने बेयरस्टोले बनाएका थिए। १२४ रन आईपीएल इतिहासकै आठौँ ठुलो व्यक्तिगत स्कोर पनि हो।
टि-२० क्रिकेटमा खेलेको २८२ औं खेलमा बटलरले बनाएको यो नै पहिलो शतक हो। आईपीएल इतिहासमा शतक बनाउने बटलर तेश्रो खेलाडी हुन्। यस अघि बेन स्टोक्सले २ वटा, केभिन पिटरसन र जोनी बेयरस्टोले १/१ वटा शतक बनाएका थिए। जारि सिजन शतक बनाउने बटलर तेश्रो खेलाडी हुन्। यस अघि राजस्थानकै संजु स्यामसन र बैंगलोरका देभदत्त पडीक्कल पछि तेश्रो खेलाडी हुन्।
धेरैले पढेको
https://wicketnepal.com/panjab-jhatka-kl-rahul-aspatal-wn21/
https://wicketnepal.com/dhoni-le-bataye-har-ko-karan-wn21/
https://wicketnepal.com/sunam-brisbane-p-l-chanot-wn21/