फाइनल प्रवेशका लागि राजस्थान र हैदराबाद भिड्दै

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को फाइनलमा स्थान बनाउँन दोस्रो क्वालिफायरमा राजस्थान रोयल्स र सनराइजर्स हैदराबादबीच खेल हुदैछ ।

चेन्नईमा रहेको एम ए चिदम्बरम क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अनुसार बेलुका पौने आठमा सुरु हुनेछ ।

पहिलो क्वालिफायरमा कोलकाता नाइट राईडर्ससँग पराजित हुदै हैदराबादले दोस्रो क्वालिफायर खेल्दैछ । हैदराबादलाई पराजित गरेको कोलकाताले भने फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

उता, राजस्थान भने इलिमिनेटर खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुलाई हराउँदै दोस्रो क्वालिफायरका लागि छनोट भएको हो । समूह चरणमा भएको खेलमा हैदराबाद १ रनले विजयी भएको थियो ।

यस खेलको विजेताले आइपीएल फाइनलमा स्थान बनाउँने छ । विजयी टोली आइतबार हुने फाइनल खेलमा कोलकातासँगको भेट पक्का गर्नेछ ।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]