फाइनल प्रवेशका लागि राजस्थान र हैदराबाद भिड्दै

२०८१ जेष्ठ ११, शुक्रबार ०८:३६

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को फाइनलमा स्थान बनाउँन दोस्रो क्वालिफायरमा राजस्थान रोयल्स र सनराइजर्स हैदराबादबीच खेल हुदैछ ।

चेन्नईमा रहेको एम ए चिदम्बरम क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अनुसार बेलुका पौने आठमा सुरु हुनेछ ।

पहिलो क्वालिफायरमा कोलकाता नाइट राईडर्ससँग पराजित हुदै हैदराबादले दोस्रो क्वालिफायर खेल्दैछ । हैदराबादलाई पराजित गरेको कोलकाताले भने फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

उता, राजस्थान भने इलिमिनेटर खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुलाई हराउँदै दोस्रो क्वालिफायरका लागि छनोट भएको हो । समूह चरणमा भएको खेलमा हैदराबाद १ रनले विजयी भएको थियो ।

यस खेलको विजेताले आइपीएल फाइनलमा स्थान बनाउँने छ । विजयी टोली आइतबार हुने फाइनल खेलमा कोलकातासँगको भेट पक्का गर्नेछ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy