रुपन्देही सुपर लिग : शंकरनगरद्वारा गोलपार्क पराजित

१९ फागुन, बुटवल । भैरहवामा जारी रुपन्देही सुपर लिगअन्तर्गत डिभिजन ‘बी’को अन्तिम खेलमा शंकरनगर क्रिकेट क्लबले गोलपार्क क्रिकेट क्लबलाई ९ विकेटले पराजित गरेको छ । जितसँगै शंकरनगर डिभिजन ‘ए’ मा प्रवेश गरेको छ ।

बिहीबार भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा ६५ रनको लक्ष्य पछ्याएको शंकरनगरले ८ ओभरमा एक विकेट गुमाएर ६८ रन बनाउँदै सहज जित निकाल्यो ।शंकरनगरको जितमा विराट भण्डारीले ४१ र विशालविक्रम केसीले १२ रन बनाए । बलिङमा गोलपार्कका हेमन्त ओलीले १ विकेट लिए ।

म्यान अफ द म्याच शंकरनगरका जगत क्षेत्रीले एक हजार २०० रुपैयाँ प्राप्त गरे ।

टस जितेर ब्याटिङ गरेको गोलपार्कले १५ ओभरमा अलआउट हुँदै ६४ रन जोडेको थियो । गोलपार्कका युवराज सुवेदीले १० रन जोड्नुबाहेक अरु ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् । बलिङतर्फ शंकरनगरका जगत क्षेत्रीले ४, सिराज गैरे र विराट भण्डारीले २/२ विकेट लिए ।

प्रतियोगिता अन्तर्गत शुक्रबारदेखि डिभिजन ‘ए’ का खेल सुरु हुनेछन् । चैत १२ गतेसम्म सञ्चालन हुने लिगको विजेताले ८० हजार, उपविजेताले ४० हजार पाउनेछन् ।

यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदीयमान खेलाडीले जनही पाँच हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]